युएईमा कोभिड – १९ को नयाँ संक्रमित ४४५,संक्रमित संख्या ५३,०४५ र संक्रमित १ जनाको मृत्यु |

विदेश

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ४४५,संक्रमित संख्या ५३,०४५ र संक्रमित १ जनाको मृत्यु |
जुलाई ८ मनु कोंमे तमु / युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५१,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुलाई ०८ तारिख बुधबार ४४५ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ५३,०४५ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ५६८ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ४२,२८२ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज थप १ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३२७ जना पुगेको छ भने संक्रमित बिरामी भइ उपचार गराइ रहेकाको संख्या १०,४३७ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...