ल्होसार महोत्सवको लागी दुलही झै सिगारियो पोखरा ,नेकपाका प्रमुख सचेतक तथा पुर्व मन्त्रि देव गुरुङले उद्घाटन गर्ने |

मूलबासि /भूमिपुत्र

ल्होसार महोत्सवको लागी दुलही झै सिगारियो पोखरा ,नेकपाका प्रमुख सचेतक तथा पुर्व मन्त्रि देव गुरुङले उद्घाटन गर्ने |
पुस ११ पोखरा :-तमु (गुरुङ) समुदायको प्रमुख पर्व ल्होसार पहिलो पटक पुष १२ गते देखि कास्कीको पोखरामा भब्य रुपले मनाउन गईरहेको छ | तमु ल्होसार महोत्सवको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । तमु प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा शक्तिघाट पोखरामा पहिलो पटक भोलि पुष १२ गते देखि १६ गतेसम्म तमु ल्होसार महोत्सवको आयोजना हुन लागेको हो । महोत्सव स्थलमा सरसफाई, रंगरोगन,झिलिमिली गरिएको छ , सहभागीहरुलाई खाने बस्नेको व्यवस्था लगायतका सबै कार्य सकिएको महोत्सव संयोजक एवं तमु प्ये ल्हु संघ केन्द्रिय समितिका अध्यक्ष हितकाजी गुरुङले बताउनुभयो ।ल्होसार महोत्सवको समुद्घाटन भोलि २ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक एवं पूर्व कानुन मन्त्री देव गुरुङले गर्ने भएको छ । उहाँका अनुसार प्रमुख अतिथिले कार्यक्रमको समुद्घाटन गर्नुभन्दा पहिले झाँकी सहितको विशाल ¥यालीले पोखरा महानगरको परिक्रमा गर्नेछ । ¥याली रानीपौवाबाट सुरु भै महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सभागृहचोक, पृथ्वीचोक हुदै अमरसिंह चौरसम्म समापन हुनेछ । ¥यालीको समापन पछि दिउँसो २ बजे महोत्सवको औपचारिक समुद्घाटन हुनेछ । महोत्सव अवधिभर गुरुङ जातिको संस्कार संस्कृति झल्कने नाचगान, भेषभुषा, परिकार, सामाग्रीहरु, झाँकीहरु प्रदर्शनी गरिनेछ । महोत्सवमा सहभागीताका लागि देशभरबाट सहभागी आउने पनि उहाँले बताउनुभयो । ‘आज बेलुकीसम्म गोरखा, चितवन, मोरङ, रुपन्देहि लगायतका केहि जिल्लाबाट सहभागीहरु आईपुग्नेछ’ –उहाँले भन्नुभयो । महोत्सव अवधिभर लाखौले महोत्सव अवलोकन गर्ने पनि उहाँले दावी गर्नुभयो ।    

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...