तमु सास्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति प्रदान ।

मूलबासि /भूमिपुत्र

तमु सास्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति प्रदान ।
जुलाई ६ फिस्टेल न्युज पोखरा :-तमु सास्कृतिक प्रतिष्ठान नेपालद्वारा सञ्चालित विभिन्न शिर्षकमा शनिबार पोखरामा आयोजित एक कार्यक्रममा छात्रवृत्ति प्रदान गरेको छ । सस्थाको अध्यक्ष चिजकाजी गुरुङ अध्यक्षता,पोखरा एकेडेमीका सस्थापक प्राचार्य महेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष चित्र गुरुङ ,सञ्चालन सचीव श्रीजङ्ग गुरुङले गर्नुभएको थियोे ।तमु सास्कृतिक प्रतिष्ठान विद्यार्थी मञ्चका अध्यक्ष शिला गुरुङ ,लिटिल स्टेप उच्च माबिका निर्देशक सेरबहादुर गुरुङ ,अछयकोषदाताहरुको तर्फबाट तमु धि नेपालका अध्यक्ष कर्म तमुले शुभकामना आशिर्वाद दिनुभएको थियो। कार्यक्रममा शैक्षिकसत्र २०७६ का लागि स्याङ्जा ,पर्बत,कास्की र तनहुँका २१ जनालाइ लिटिल स्टेप उमाबिका निर्देशक सेरबहादुर गुरुङ ,लोटस एकाडेमिका प्राचार्य कर्ण गुरुङ ,तमु धि नेपालका अध्यक्ष कर्म गुरुङ ,बालबिधा बोर्डिङ स्कुलका प्राचार्य कमल गुरुङ ,गुरुङ प्राग्यिक मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्ण गुरुङ ,तमु प्ये ल्हु संघका केन्द्रिय सह सचिव लोकेन गुरुङ,पन्चकोषी तमु समाजका पुर्ब अध्यक्ष लालबहादुर गुरुङ,बाल बिधा बोर्डिङ स्कुलका निर्देशक राम गुरुङ ,प्रमुख अतिथि महेन्द्र गुरुङ लगायतले खादा,समान पत्र र नगदले सम्मान गरेका थिए ! कार्यक्रममा शुभकामना दिनुहुने वक्तहरुले शिक्षाको महत्त्व माथी प्रकाश पार्दै गरिब तथा जेहेन्दार विद्यार्थीको उच्च भबिस्यको महत्त्वपूर्ण भुमिका निर्बाह गरेकोमा प्रतिष्ठानलाई धन्यवाद ब्यक्त समेत गरेका थिए । कक्षा ८ उतिर्ण गरि कक्षा ९ मा अध्ययनरत छात्रा- छात्रलाइ प्रदान गरिएको छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरुमा तमु धि एसोसिएसन युके छात्रवृत्तिबाट अन्नपूर्ण माबी कास्कीका प्रज्वल गुरुङ,नन्दजङ्ग तथा जगतमाया छात्रवृत्तिबाट अन्नपूर्ण मा बि कास्कीका नेहा गुरुङ ,कमल तथा पुनम तमु छात्रवृत्तिबाट माछापुच्छ्रे माबी कास्कीका सनम गुरुङ,स्व।सैतादेबी प्रभुभाइ  पटेल छात्रवृत्तिबाट माछापुच्छ्रे मा बि कास्कीका कृष्मा गुरुङ,सचिन तमु छात्रवृत्तिबाट ,हिमालय माबी मौजा कास्कीका मणिराज गुरुङ,कमल तथा पुनम छात्रवृत्तिबाट बहादुरे मा बि भदौरे कास्कीका जेशिका गुरुङ ,चार भञ्ज्याङ् तमु समाज युके छात्रवृत्तिबाट मेस्रम बराह मा बि घान्द्रुक कास्कीका साइमन गुरुङ ,रामचन्द्र तथा पबित्रा तमु छात्रवृत्तिबाट निष्पक्ष मा बि हुम्दी कास्कीका एलिना गुरुङ,कमल तथा जयन्ती तमु छात्रवृत्तिबाट चन्द्रप्रभा मा बि धम्पुस कास्कीका जेनिशा गुरुङ,स्व. क्या. मिनबहादुर तमु स्मृति छात्रवृत्तिबाट पृथ्वीनारायण मा बि धम्पुसका पृथक गुरुङ,तमु धि एसोसिएसन युके छात्रवृत्तिबाट स्थानपती मा बि खिलाङ कास्कीका नवीन गुरुङ,तमु समाज कतार छात्रवृत्तिबाट मैदान मा बि बागे स्याङ्जाका कृष्टिना गुरुङ,दिलिप तथा हेमा तमु छात्रवृत्तिबाट मैदान मा बि स्याङ्जाका एलिना गुरुङ,तमु धि एसोसिएसन युके छात्रवृत्तिबाट चण्डीडाडा मा बि फेदिखोला स्याङ्जाका रिजन गुरुङ,डा। चन्द्रबहादुर तथा महेश तमु छात्रवृत्तिबाट चाण्डी डाडा मा बि स्याङ्जाका युनिका गुरुङ,पृतम तथा राजकुमारी तमु छात्रवृत्तिबाट जिवनज्योती मा बि बिरुवा स्याङ्जाका स्नेह गुरुङ,जुमकाजी तथा कमलादेबी तमु छात्रवृत्तिबाट माझकोट मा बि स्याङ्जाका अनिल गुरुङ ,तमु धि एसोसिएसन युके छात्रवृत्तिबाट भानु मा बि बन्दिपुर तनहुँका भवानी गुरुङ ,अरनिको मा बि भानु,तनहुँका लिजा गुरुङ ,शेष घले तथा जमुना घले छात्रवृत्तिबाट पन्चकोशी मा बि आर्थर पर्बतका निकिता गुरुङ र खुशिमान तथा मिना तमु छात्रवृत्तिबाट भुकदेउराली मा बि पर्बतका सोनाम गुरुङलाई छात्रवृत्ति प्रदान गरिएको थियो !

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...