थारु पत्रकार संघको राष्ट्रिय भेला सम्पन्न ,८ बुंदे घोषणा पत्र जारी |

मूलबासि /भूमिपुत्र

थारु पत्रकार संघको राष्ट्रिय भेला सम्पन्न ,८ बुंदे घोषणा पत्र जारी |
असोज २८ दाङ :- थारु पत्रकार संघ, नेपालले सातौं साधारणसभा तथा राष्ट्रिय भेलाबाट ‘दाङ-घोराही घोषणापत्र’ जारी गरेको छ। दाङ घोराहीको भिङ्ग्रेली रिसोर्टमा असोज २७ र २८ गते भएको भेलाबाट तपसिल बमोजिमका ८ बुँदे दाङ घोषणा पत्र जारी गरेको हो। १ नेपालको संविधान (२०७२) ले थारु समुदायलाई छुट्टै पहिचान दिइसकेकाले नेपाल पत्रकार महासंघ लगायत विभिन्न दलका प्रेस संगठनहरुमा थारु पत्रकारहरुको लागि समावेशी कोटाका लागि पहल गर्ने । २. दाङको घोराही उपमहानगरपालिका, बर्दियाको बाँसगढी र बारबर्दिया नगरपालिकाले थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउने निर्णय गरेकोले धन्यवाद दिँदै थरुहटका थप अन्य स्थानीय तहमा थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउन अभियान चलाउने । ३. थारु भाषा तथा संस्कृति संरक्षण तथा विकासमा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने साथै थारुहरुको महान् पर्व माघीलाई संघीय, प्रदेश र स्थानीय सरकारसंग राष्ट्रिय उत्सवका रुपमा मनाउन माग गर्ने । ४. शाखा तहबाट मातृभाषा थारु भाषामा व्यवसायिकरुपमा पत्रपत्रिका तथा मुखपत्र प्रकाशन र विद्युतीय माध्यममा समाचार र कार्यक्रम उत्पादन तथा प्रसारण गर्न प्रोत्साहित गर्न हालसम्म १७ वटा जिल्ला शाखा रहेकोमा थरुहटका सबै जिल्लामा शाखा विस्तार गर्ने । ५. स्थानीय सरकारसँग समन्वय गरी थारुलगायत जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम, गोष्ठीलाई निरन्तरता दिने । ६. प्रदेशहरुकको नामाकरण र राजधानीको नाम राख्दा थारु पहिचान स्थापित हुनेगरी नामाकरण र भूगोल चयन गर्न माग गर्ने ७. थरुहट आन्दोलनको क्रममा टीकापुर लगायत घटनामा गिरफतार भएका प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलगायतका बन्दीलाई यथासिघ्र रिहाई तथा फूलबारी एफएम सञ्चालनका लागि पहल गर्न सम्बन्धित निकायलाई दबाब दिने । ८. थारु पत्रकार संघ, नेपालको सातौं साधारणसभा आयोजनाको सफल व्यवस्थापन गर्ने संघको दाङ शाखालाई धन्यवाद दिनुका साथै आठौं साधरणसभा तथा चौथो अधिवेशन २०७६ मंसिर मसान्तभित्र चितवनमा आयोजना गर्ने ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...