“तमु ल्होसार कप २०१८” फुटबल प्रतियोगितामा तमु समाज युएई आबुधाबी क्षेत्रीय समिति टिम विजय |
खेलकुद विदेश
ग्रुप "B" को ड्र मार्फत बुद्ध फुटबल क्लब सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो भने तमु समाज युएई आबुधाबी क्षेत्रीय समिति र एन एस जि फुटबल क्लब रसलखेमाह बिचको खेलमा तमु समाज युएई आबुधाबी क्षेत्रीय समितीले एन एस जि फुटबल क्लब लाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो।अर्को खेलमा कास्की आदर्श सेवा समिति युएई र मेचीमहाकाली फुटबल क्लब बिच भएको खेलमा मेचीमहाकाली फुटबल क्लबले कास्की आदर्श क्लब लाई पाखा लगाउदै क्वाटर फाइनलको यात्रा तय गरेको थियो भने ड्रको आधारमा तमु समाज युएई आबुधाबी क्षेत्रीय समिति सिधै सेमिफाइनल प्रवेश गरेको थियो।
मेचीमहाकाली फुटबल क्लब र बुद्ध फुटबल क्लब युएई बिच भएको क्वाटर फाइनल खेलमा बाजि मार्दै मेचीमहाकाली फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको थियो।उक्त खुल्ला आमन्त्रण तमु ल्होसार कप-२०१८ फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा हिमालयन एयरलाइन्स र मेगर्मी फुटबल क्लब भएको खेलमा हिमालयन एयरलाइन्स लाई पाखा लगाउदै मेगर्मी फुटबल क्लबले फाइनलको यात्रा तय गरेको थियो भने अर्को सेमिफाइनल खेलमा तमु समाज युएई आबुधाबी क्षेत्रीय समिति र मेचीमहाकाली बिच भएको खेलमा मेचीमहाकाली लाई पाखा लगाउदै तमु समाज युएई आबुधाबी क्षेत्रीय समितिले फाइनल यात्रा तय गरेको थियो।
तमु समाज आबुधाबी र मेगर्मी फुटबल क्लब बिच भएको खेलमा तमु समाज आबुधाबी क्षेत्रीय समितिले मेगर्मी फुटबल क्लब लाई १ -० अन्तरले हराउदै उपाधी हात पर्न सफल भएको थियो।प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी तमु समाज युएई आबुधाबी क्षेत्रीय समिति टिमका बादल घिसिङ हुनु भएको छ भने उत्कृष्ट गोल रक्षक मेगर्मी फुटबल क्लबका बुद्धि प्रसाद तमु हुनु भएको छ।उक्त फुटबल प्रतियोगिता भव्य र सब्य रुपमा दर्शकहरुको माझ सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको थियो भने "तमु ल्होसार कप - २०१८" फुटबल प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने तमु समाज युएई आबुधाबी क्षेत्रीय समिति टिम लाई पुरस्कार नगद ५,५५५/- ( पाँच हजार पाँच सय पच्पन्न ) दिराम र दोस्रो स्थान गर्ने मेगर्मी फुटबल क्लब युएई लाई नगद ३,३३३/- तीन हजार तीन सय तेत्तीस दिराम तमु समाज युएईका संरक्षक राजु तमु र तमु समाज युएईका अध्यक्ष उषा तमुस्योले संयुक्त रुपमा प्रदान गर्नु भएको थियो भने प्रथम स्थान हासिल गर्ने र दोस्रो स्थान हासिल गर्ने टिम लाई ट्रफी, मेडल र प्रमाणपत्र स-सम्मान साथ आउदो २०१९ जनवरी ०४ तारीख शुक्रबार "तमु फो-ल्होसार - २०१८" कार्यक्रमका दिन प्रदान गरिने भएको आयोजक तमु समाज युएईका "तमु ल्होसार कप - २०१८" का संयोजक राजु तमु र सह-संयोजक इन्द्र तमुले बताउनु भएको छ। 
