अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेता किम जुन ८ मा सिंगापुरमा भेट्ने |

विदेश

जुन ६ काठमाडौँ :-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ अनबीच हुने बहुप्रतिक्षित भेटवार्ता सिङ्गापुरको सेन्टोसा टापुस्थित एक होटलमा हुने भएको छ |जुन १२ मा हुने सो भेटवार्ता कुनै पनि अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीचको पहिलो भेटवार्ता हुनेछ।ह्वाइट हाउसकी प्रेस सचिव स्यारा स्यान्डर्सले सो भेटवार्ता त्यहाँको पाँचतारे क्यापेला होटलमा हुने जनाएकी छन्। राष्ट्रपति ट्रम्प अघिपछि अमेरिकी राष्ट्रपतिहरू बस्दै आएको सांग्रिला होटलमा बस्ने आकलन गरिएको छ भने स्ट्रेट्स टाइम्स पत्रिकाका अनुसार किम सेन्ट रिजिस सिङ्गापुरमा बस्नेछन्।ती दुवै होटल सिङ्गापुरको मुख्य टापुमा अवस्थित छन्। सिङ्गापुरका करिब ६३ वटा टापुहरूमध्ये सेन्टोसा एक हो।करिब पाँच सय हेक्टरमा फैलिएको सो टापुमा विलासी रिजर्टहरू, धनीमानीहरूका आवासगृह तथा गल्फ क्लबहरू छन्।सिङ्गापुरको मूलभूमिभन्दा अलिकति पर रहेको सो टापुको अवस्थितिका कारण सेन्टोसालाई सुरक्षित स्थान मानिन्छ। टापुको आवतजावत सहजै नियन्त्रण गर्न सकिन्छ। त्यहाँ आउनजानका लागि खालि एउटा केबलकार, एउटा मोनोरेल, एउटा पैदलयात्रुहरूका लागि मार्ग र गाडीका लागि एउटा सुरुङमार्ग मात्र छन्। साभार :-बीबीसी    

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...