श्रीलंकामा बर्षाका कारण २३ जनाको मृत्यु |

विदेश

श्रीलंकामा बर्षाका कारण २३ जनाको मृत्यु |
मे २७ कोलम्बो:- श्रीलङ्कामा मौसमी वर्षाका कारण मृत्यु हुने व्यक्तिको संख्या २३ पुगेको श्रीलङ्का प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) ले सोमबार जानकारी दिएको छ ।अबिरल रुपमा परेको यस वर्षाबाट ७५ हजार व्यक्तिलाई शरणार्थी शिविरसम्म पु¥याइएको पनि सो समाचारमा जनाइएको छ । यस आइतबार मात्र परेको चट्याङमा परी ५  जनाको मृत्यु भएको थियो । त्यसैगरी भारी वर्षाको कारण परेको डुबानमा २३ जनाको मृत्यु भएको डिएमसीमा प्रवक्ता प्रदिप कोदिपिलीले बताउनु भएको छ । अझै पनि भारी वर्षाको क्रम जारी नै रहने अनुमान गरिएको प्रवक्ता कोदिपिलिले बताउनु भएको छ । वर्षाले अति नै प्रभावित पारेको इलाकाबाट अझै पनि सुरक्षित इलाकामा लैजाने क्रम जारी रहेको बताइएको छ । वर्षा प्रभावित इलाकामा उद्धारकार्यको लागि हजारौँको संख्यामा श्रीलङ्काली सेना र प्रहरी तैनाथ गरिएको छ । यस प्रकोपबाट ४ हजार भन्दा बढी घर आंशिक वा पूरै रुपमा क्षतिग्रस्त भएको बताइएको छ ।यस वर्षको मौसमको सुरुआतमै यसरी श्रीलङ्कामा प्रकोपले सताएको छ । गत वर्ष पनि यहाँको मौसमी वर्षाले ठूलो क्षति पुगेको थियो । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...