तामांग समुदायको राष्ट्रिय पर्व ल्होछार देश बिदेशमा भब्य रुपमा मनाईदै |
मूलबासि /भूमिपुत्र
तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । समग्रमा यो तामाङ जातिको धार्मिक नभएर सांस्कृतिक पर्व रहेको तामाङका अग्रजले बताउँछन् । बालीनाली थन्क्याएपछि शुरु हुने यो पर्वमा पूजाआजा गरिनुका साथै विभिन्न परिकार खाने प्रचलन रहेको तामाङ संस्कृतिका जानकार सुशील थोकर बताउनुहुन्छ ।
ल्होछारको दिन बिहानै नुहाइधुवाइ गरेर शुद्ध भएर भगवानको प्रार्थना तथा पूजा गर्ने गरिन्छ । आज लामा गुरु तथा घरमूलीबाट पूजापाठ गर्दछन् । गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भूतप्रेतको पराजय होस् भनेर कामना गर्ने प्रचलन छ । मान्यजनबाट आशीर्वाद लिँदै विशेष परिकार कुथुक्पा, रोटी, फुलौरा, फलफूल खाने गरिन्छ । 
