स्यांग्जामा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ ,३ जना बेपत्ता।

स्थानीय

स्यांग्जामा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ ,३ जना बेपत्ता।
जुलाई १४ पोखरा :-अविरल वर्षासँगैको पहिरोले पुरिएर कालिगण्डकी गाउँपालिका ४ खहरे लाँकुरीथोकमा १ जनाको निधन भएको छ ।पहिरोले पुरिएर ३ जना बेपत्ता भएका छन् भने १ वडा सदस्यसहित २ जना घाइते छन् ।लगातारको वर्षासँगै गएको पहिरो हेर्ने क्रममा अर्को साइडबाट आएको पहिरोले छ जना पुरिएकोमा १ जनाको शव फेला पार्नुका साथै २ जनाको उद्धार गरेको हो । पहिरोबाट ७० वर्षीय इमानसिँह थापाको मृत्यु भएको हो भने अन्य ३ जना प्रेम चन्द्र पाण्डे, टीका थापा र गिमानसिँह थापा बेपत्ता छन् ।पहिरोले वडा सदस्य होमनाथ पाण्डे र वीरबहादुर राना घाइते भएको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए ।वर्षासँगैको पहिरोका कारण पुतलीबजार नगरपालिका १ मा १ जना गम्भिर घाइते भएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...