पोखरामा पहिरोका कारण एक घर भत्किएको छ ।

स्थानीय

पोखरामा पहिरोका कारण एक घर भत्किएको छ ।
मे २४ पोखरा :-गए राति परेको अविरल वर्षाको कारण पोखरा महानगरपालिका –२८ बेतनीका बिर्ख बहादुर गुरुङको ढुङगा माटोले बनेको २ तले घर भत्किएको प्रहरीले जनाएको छ । घरमाथि खनेको नयाँ मोटर बाटोबाट मध्यरातमा पहिरो जाँदा गुरुङको घर पूर्ण रुपमा क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए । घटनामा मानवीय तथा चौपाय क्षति भने नभएको प्रहरीले जनाएको छ । तर घरमा रहेका फर्निचर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन जस्ता सम्पूर्ण सामग्री भने पहिरोले पुरिएको बताइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...