कोरोनाको कहरमा पोखरामा गोर्खाजको सहयोग ।

स्थानीय

कोरोनाको कहरमा पोखरामा गोर्खाजको सहयोग ।
मे ४ पोखरा :-कोरोना भाइरसको महामारीले मुलुक लकडाउनको अवस्थामा गोर्खाजहरुले सोमवार गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार एवम विपद व्यवस्थापन कोषमा सहयोग हस्तान्तरण गरेको छ। पोखरा गोर्खा कम्युनिटीका सदस्यहरु, द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लि, गोर्खाली रेडियो १०६ मेगाहर्ज, गोर्खा एण्ड बराह ज्वेलेरी, ४/१ गोर्खा राइफल, ब्रिगेड गल्फ सोसाइटी, बराह ज्वेलरी धरान, बराह ज्वेलरी काठमाडौं, बराह ज्वेलरी चितवन, नेपाल गल्फ संघ तथा कास्की गल्फ संघबाट संकलित राहत रकम मध्ये प्रदेश सरकारलाई १ लाख १ हजार १११ रुपैया र पोखरा महानगरपालिकालाई ५१ हजार १११ रुपैयालाई हस्तान्तरण गरेको हो। गोर्खा कोभिड १९ राहत कोष संयोजक तथा गोर्खा कम्युनिटी पोखराका प्रमुख सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङ, द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष भुपालजंग कुवर, गोर्खा कम्युनिटी पोखराका सचिव क्या।चोकबहादुर गुरुङ, गोर्खाली रेडियो १०६ मेगाहर्जका स्टेशन मेनेजर खिमा गुरुङ, ४÷१ गोर्खा राइफलका प्रतिनिधि लगायतले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगी गण्डकी प्रदेस सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । यसरी नै पोखरा महानगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषका लागि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङलाई चेक हस्तान्तरण गरिएको हो। यस्तै गरी गोर्खा कोभिड १९ राहत कोषका तर्फबाट मंगलवार पोखरा वडा नं।९ र १० का ९० जनालाई राहत खाद्यान्न प्याकेज, पोखरा १४ मझेरीपाटनस्थित हिमालय गल्फ कोर्षका ३६ जना कामदारहरुलाई राहत वितरण गर्ने कार्यक्रम रहेको संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिनुभयो। वडा नं। ९ का विपन्न तथा गरिब मजदुरहरुलाई न्युरोडस्थित गोर्खा एण्ड बराह ज्वेलरीमा, वडा नं।१० को बुद्धचोकस्थित द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लि।को कार्यालयमा राहत वितरण गरिने भएको छ भने गल्फकोर्षका कामदारहरुलाई मझेरीपाटनस्थित हिमालय गल्फ कोर्षमा नै राहत वितरण गर्ने कार्यक्रम रहेको संयोजक मेजर गुरुङले जानकारी दिनुभयो। राहत सहयोग तथा वितरणका लागि गोर्खा कोभिड १९ राहतकोषमा हालसम्म २ लाख ८५ हजार १०६ रुपैया संकलन भएको संयोजक गुरुङले बताउनुभयो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...