कोरोना संक्रमणको कारण गण्डकी प्रदेशका नाकाहरुमा काँडे तार लगायो ।

स्थानीय

कोरोना संक्रमणको कारण गण्डकी प्रदेशका नाकाहरुमा काँडे तार लगायो ।
एप्रिल १९ पोखरा :-कोरोना भाइरसको जोखिम गण्डकी प्रदेशले सीमानाकामा प्रवेश निषेध गरेको छ । निर्णय गरेको भोलिपल्टै स्याङजाले राम्दी सीमा नाकामा सशस्त्र प्रहरीको अस्थायी बिट स्थापना गरी आवतजावतमा कडाइ गरिएको छ ।गण्डकी प्रदेश सरकारले अन्य प्रदेशबाट आफ्नो प्रदेशमा प्रवेश गर्न रोक लगाउने गरी शनिबार निर्णय सार्वजनिक गरेको थियो । गण्डकी प्रदेश र प्रदेश नं. ५ को सीमामा रहेको राम्दी पुलमा स्याङजाले आइतबार बिहानदेखि काँडेतारसहित सशस्त्र प्रहरीको बीट स्थापना गरी निगरानी बढाएको छ । प्रहरीले (सडक)पुलमै काँडे तार राखेर प्रवेशमा कडाई गरेको हो । पोखरा—सुनौली सिद्धार्थ राजमार्ग अन्र्तगत पर्ने स्याङजाको सीमाना राम्दीको पुलमाथि नै सिद्धार्थ राजमार्ग हो । प्रदेश सरकारको निर्णय अनुसार जिल्ला सुरक्षा समितिको बैठकबसी राम्दीमा शसस्त्र प्रहरीको अस्थायी वीट स्थापना गर्ने निर्णय गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनले भने, अत्यावश्यक बाहेक आवतजात गर्न नदिनेगरी आइतबार बिहानदेखि चेकचाँजमा कडाई गर्न सुरक्षाकर्मीलाई आदेश छ । Narayaninews

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...