सिन्धुपाल्चोक लिदीमा पहिरोमा मृत्यु हुने २४ जना पुग्यो ,१५ जनाको खोजी कार्य जारी।

अन्य

सिन्धुपाल्चोक लिदीमा पहिरोमा मृत्यु हुने २४ जना पुग्यो ,१५ जनाको खोजी कार्य जारी।
अगस्ट १८ चौतारा:-सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् । आज ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव भेटिएपछि मृतक बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । पहिरामा बेपत्ता १५ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको छ । उक्त ठाउँमा पानी पर्ने क्रम नरोकिएकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...