दश हजार घुस सहित आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारी पक्राउ ।

अन्य

दश हजार घुस सहित आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारी पक्राउ ।
जनवरी २८ चितवन :-सेवाग्राहीसंग १० हजार रुपैंया घुस लिँदै गर्दा आन्तरिक राजश्व कार्यालय भरतपुरका एक कर्मचारी पक्राउ परेका छन् । कार्यालयमा कम्युटर अधिकृतको रुपमा काम गर्दै आएका रामकुमार अधिकारी १० हजार घुस सहित पक्राउ परेका हुन् । अधिकारीले विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाइदिने भन्दै सेवाग्राहीसंग घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट आएको टोलीले उनकै कार्यकक्षमा रकम सहित नियन्त्रणमा लिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...