प्रस्तावकको मृत्यु भएपछि नेशनल लाईफले दियो पाँच लाख रुपैयाँ, १६ बर्षपछि थप १० लाख पाउने।

अन्य

प्रस्तावकको मृत्यु भएपछि नेशनल लाईफले दियो पाँच लाख रुपैयाँ, १६ बर्षपछि थप १० लाख पाउने।
अगस्ट ७ खाँदबारी :- आफ्नो छोरीको प्रस्तावक बसेका खाँदबारी २ का उचित बहादुर राईको निधन भएपछि उहाँको परिवारलाई नेशनल लाईफ ईन्सुरेन्सले ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । आज नेशनल लाईफ ईन्सुरेन्सको खाँदबारी कार्यालयमा एक कार्यक्रम आयोजना गरि खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडाले राईको श्रीमती सुमित्रा राईलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । राईले अघिल्लो बर्षको असार ३१ गते छोरी सुशिला राईको ५ लाख रुपैयाँ बराबरको जीवन बिमा गर्नुभएको थियो । छोरीको बीमाको प्रस्तावक बनेका राईले एक किस्ता मात्र ३३ हजार ७ सय ४० रुपैयाँ बुझाउनु भयको थियो । बीमा सुरु गरिएपछि दोश्रो किस्ता नबुझाउँदै प्रस्तावक राईको ट्याक्टर दुर्घटनामा मृत्यु भएपछि भुक्तानी दावी गरिएको थियो । राईको ०७६ माघ २४ गते खाँदबारी ४ पांमामा दुर्घटनामा परि मृत्यु भएको थियो । प्रस्तावकको मृत्यु भए पश्चात भुक्तानी दिईने कम्पनीको बिमालेखको शर्त अनुसार मृत्तक राईको परिवारलाई रकम उपलब्ध गराईएको खाँदबारी शाखाको प्रमुख कमल आले मगरले जानकारी दिनुभयो । छोरी शुसिलाको नाममा बिमा गरि प्रस्तावक बसेका उचित बहादुर राई को २०७६ माघ २४ गते ट्याक्टर दुर्घटना परि मृत्यु भएको थियो । १६ बर्षे बीमा सुरु गरिएकोमा प्रस्तावक राईको निधन भएपछि बाँकी १५ किस्ता प्रिमियम कम्पनीले तिरिदिने समेत शाखा प्रमुख मगरले बताउनुभयो । त्यस्तै, बिमा सुरु गरिएको १४ बर्षमा एक लाख २५ हजार, १५ बर्षमा पुनः १ लाख २५ हजार र १६ बर्षमा ७ लाख ५० हजार रुपैयाँ भुक्तानी हुने नेशनल लाईफ ईन्सुरेन्सका शाखा प्रमुख मगरले जानकारी दिनुभयो । यसरी विमितिले बाकी ३ किस्तामा थप १० लाख रुपैयाँ पाउने मगरले बताउनुभयो । मृत्तक राईले बरिष्ठ ब्यावसाय प्रबन्धक नेपालमान श्रेष्ठबाट छोरिको बिमा गराएको नेशनल लाईफ ईन्स्योरेन्स खाँदबारी शाखाले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...