प्रधान मन्त्रि केपी शर्मा ओलीको ६९ औ जन्मोत्सव जन्मस्थानमा मनाए ,केक बोक्न हेलिकोप्टर चार्टर गरे ।

अन्य

प्रधान मन्त्रि केपी शर्मा ओलीको ६९ औ जन्मोत्सव जन्मस्थानमा मनाए ,केक बोक्न हेलिकोप्टर चार्टर गरे ।
फेब्रुवरी २३ काठमाडौँ :- प्रधानमन्त्री खड्का प्रसाद शर्मा ओली (केपी शर्मा ओली)ले आफ्नो ६९ औं जन्मोत्सव आफ्नो जन्मस्थान तेह्रथुममा मनाएका छन् ।यसको लागी आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर नजिकै हेलिप्याड निर्माण गरिएको थियो ।ओलीले गाउँपालिकाको ४ को इवास्थित आफू जन्मेको घरमा धुमधामका जन्मोत्सव मनाएका हुन् । प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि आज आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको थियो ।उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी छन्। त्यहाँ रहेका कर्मचारीहरुलाई प्रधानमन्त्रीको जन्मदिनमा अनिवार्य सहभागी हुन गाउँपालिकाले निर्देशनात्मक पत्र पठाएको थियो। प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएकाे दावी गरिएकाे । यतिबेला नेपालको आकारमा बनेको केक र केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। सामाजिक संजालमा प्रधानमन्त्री ओलीको चर्को आलोचन समेत भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...