चार सस्थाहरुले आयोजना गरेको ”तीज कार्यक्रम ”भब्य रुपले सम्पन्न |

विदेश

चार सस्थाहरुले आयोजना गरेको ”तीज कार्यक्रम ”भब्य रुपले सम्पन्न |
असोज २ तेल अभिव :-यस वर्ष २०७५ सालको तीज विशेष कार्यक्रम चार संस्थाको संयुक्त तीज भब्य रुपले सम्पन्न भएको छ| गत शनिबार तखाना मर्काजीको हलमा सम्पन्न सो कार्यक्रम इजरायलमा नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा संयुक्त रूपमा हातेमालो कार्यक्रम, एउटै मन मुटु अभियान चलाउने धार्मिक र अधात्मिक रूपमा रहेको सत्यसाई सेन्टर, नेपाली नारी आवाज, लुम्बिनी कपिलवस्तु दिवस अभियान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) इजरायल च्याप्टरको संयुक्त आयोजनामा आयोजना गरिएको थियो | तिज बिषेश कार्यक्रम २०७५ नाचगान सहितको गीत,र नृत्यको प्रस्तुतिले कार्यक्रम हल नै मनमोहक बनेको यस कार्यक्रमको सभापति एसिया उपाध्यक्ष केन्द्र अनेसास तथा इजरायल अनेसास च्याप्टर की अध्यक्ष निशा अर्याल रहनु भएको सो कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुत पत्नि आदरणीय निर्मला थापा ज्यूको आतिथ्यमा कार्यक्रममा विशेष अतिथि समाजसेवी मिमी सामोल इजरायली तथा अतिथि ओरा कार्वो ,सत्यसाई इन्टरनेशनल कन्ट्रेश अर्गनाइजेशन इजरायल ,अतिथि जनजाति महापथ इजरायलको अध्यक्ष नरेश श्रेष्ठ ज्यू तथा नेपाली संघियसमाज इजरायलको संस्थापक सुन्दर योन्जन लामा, एन आर एन की कोषाध्यक्ष आदाम्वरी दाना ज्यूहरू लगायत विभिन्न धार्मिक, सामाजिक,राजनितिकका पदाघिकारी ज्यूहरूको उपस्थितिमा ईजरायलमा कार्यरत नेपाली दिदीबैनीहरूको व्यापक सहभागीता रहेको थियो | यस कार्यक्रममा तीज विशेष दर खुवाउने कार्यक्रम , गीतकार प्रेमा लामा पाखीन बाट प्रस्तुति विभिन्न रंगीन तीजका गीतहरूको प्रस्तुतिले सम्पूर्ण दिदीबैनीहरूको मन जित्दै उत्साहित नाचगानले हललाई नै मनमोहक वनाएको सो कार्यक्रममा अझै इजरायलमा चर्चित कलाकारहरूको नृत्य प्रस्तुतिमा स्वस्तिका श्रेष्ठ, शान्ति लिम्वु, इर्शा शर्मा,खुशी निकु बैनीहरूको सुन्दर नृत्यले कार्यक्रममा सुमा सुगन्धित थपिएको तीज विशेष कार्यक्रममा स्वागत मन्तव्य राख्दै  लुम्बिनी कपिलवस्तु अभियानकी अध्यक्ष मिना वान्तवा ज्यूले आफ्नो भनाई राख्नु भएको सो कार्यक्रमलाई रोचक र सशक्तका साथ सुन्दर प्रस्तुति दिदै उद्घोषकको भूमिको निर्वाह सत्यसाई सेन्टर कि अध्यक्ष तथा अनेसास इजरायलकी उपाध्यक्ष नेहा गुरूंगले गर्नु भएको यस कार्यक्रमा धन्यबाद दिदै निरन्तर राष्ट्र हितको लागी सबै जातजातिका संस्कार संस्कृति चिनाउनकालागि निरन्तर कलम चलाउने र हातेमालो गर्दै एक भएर हामी नेपाली हाम्रो चाडपर्व अभियान भन्ने नारा आत्मासाथ गर्दै कलम चलाउने प्रण गर्दै  साथ सहयोगी सबैमा धन्यवाद दिनु भएको थियो |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...