पोखरा मोहत्सवको तयारि तिब्र गतिमा |

अन्य

पोखरा मोहत्सवको तयारि तिब्र गतिमा |

डिसेम्बर २६ पोखरा :-रेष्टुरेण्ट एण्ड वार एशोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा हरेक वर्ष अग्रेजी नयाँबर्षको अवसरमा आयोजना हुँदै आएको सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।पुस १३ गतेदेखी १७ गतेसम्म शहिदचोकदेखी डिहिकोपाटनसम्मको ३ किमी सडक क्षेत्रमा महोत्सव आयोजना हुँदै छ ।

१९ औँ संष्करणको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलवार आयोजित पत्रकार सम्मेलनमा रेवान पोखराका उपाध्यक्ष तथा प्रचार प्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिए ।महोत्सवमा यसपटक कृषि मेला पनि सँगै हुने भएको छ । कार्यक्रममा सुन्तला प्रदर्शनी तथा कृषि जन्य उत्पादन तथा प्रविधिको प्रर्दशनी समेत राखिने भएको छ ।

महोत्सवको आकर्षणको रुपमा अन्तराष्ट्रिय सास्कृतिक कार्यक्रम, देशका सातवटै प्रदेशवाट लोपन्मुख साँस्कृतिक कार्यक्रम, सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम, हस्तकला प्रदर्शनी लगायत रहेको रेवानका अध्यक्ष चौवहादुर गुरुङ्गले वताए ।महोत्सववाट ९० लाख रुपैयाँ आम्दानी गर्ने र ७० लाख खर्च हुने रेवानका निर्वतमान अध्यक्ष गोपीवहादुर भट्टराईले   जानकारी दिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...