पर्यटन क्षेत्रमा पोखरा महानगरले अत्याधिक कर बृद्दी |

अन्य

पर्यटन क्षेत्रमा पोखरा महानगरले अत्याधिक  कर बृद्दी |
श्रावन १४ पोखरा :-पर्यटन उद्योगमा यसैवर्षदेखि महानगरले कर वृद्धि गरेको छ । विभिन्न क्षेत्रमा राजस्वको दर वृद्धि गरेको महानगरले पर्यटन क्षेत्रमा समेत कर वृद्धि गरेको हो ।महानगरको नगरसभाले पास गरेको पोखरा महानगरपालिका आर्थिक ऐन–२०७५ साउन १ देखि नै लागु भइसकेको छ । पर्यटन क्षेत्रलाई करको दायरामा ल्याई महानगरको राजस्व संकलनमा वृद्धि गर्न विभिन्न समूहमा होटल तथा लज रेस्टुरेन्टमा कर वृद्धि गरेको महानगरले जनाएको छ । महानगरले तारे होटलको हकमा २५ प्रतिशतसम्म कर वृद्धि गरेको छ । १ तारे होटलले अबदेखि महानगरलाई वार्षिक ४ हजार ६ सय ६८ रुपैयाँ बुझाउनुपर्ने छ । यसअघि होटल सञ्चालकले ३ हजार ७ सय ५० राजस्व बुझाउने गर्थे । महानगरले १ तारे होटलमा २५ प्रतिशत कर बढाएको हो । महानगरभित्रका २ तारे होटलले यसै आर्थिक वर्षदेखि ६ हजार २ सय ५० तिर्नुपर्ने छ । ३ तारे होटलको हकमा सञ्चालकले नयाँ कर नीति अनुसार ७ हजार ८ सय १३ रुपैयाँ तिर्नुपर्ने भएको छ । ४ तारे होेटलले ९ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने नयाँ कर नीति महानगरले ल्याएको छ । अघिल्लो आर्थिक वर्षमा ८ हजार ७ सय ५० कर तिरिरहेका ५ तारे होटलले अबदेखि १० हजार ९ सय ३८ रुपैयाँ तिर्नुपर्ने छ । तारेबाहेक होटल तथा लजमा समेत कर वृद्धि भएको छ । होटल तथा लजमा उपलब्ध कोठाका आधारमा उनीहरुले कर तिर्नुपर्ने भएको हो । ५ वटासम्म कोठा भएका होटल तथा लजले नयाँ आर्थिक वर्षको कर नीति अनुसार १० प्रतिशत कर वृद्धि भई ४ सय ८४ रुपैयाँ कर तिर्नुपर्ने छ । आर्थिक वर्ष २०७४÷७५ मा उनीहरुले ४ सय ४० तिर्दै आएका थिए । १० वटासम्म कोठा भएका होटल तथा लजले अबदेखि ७ सय ८७ रुपैयाँ करबापत महानगरलाई बुझाउनुपर्ने छ । अघिल्लो आर्थिक वर्षमा १ हजार ३ सय २० कर तिरिरहेका २० वटासम्म कोठा भएका होटल तथा लजले यसै आर्थिक वर्षदेखि १ हजार ४ सय ५२ कर महानगरलाई बुझाउनुपर्नेछ । २० कोठाभन्दा माथि क्षमता भएका होटल तथा लजले १ हजार ९ सय ३६ रुपैयाँ होटल सञ्चालन गरेवापतको कर बुझाउनुपर्ने कर नीति महानगरले ल्याएको हो । मुख्य बजार क्षेत्रमा सञ्चालन भएका रेस्टुरेन्टमा समेत महानगरले कर वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ सय ७५ रुपैयाँ कर तिरेका ५ वटासम्म टेबुल भएका रेस्टुरेन्टले चालु आर्थिक वर्षमा ३ सय ६३ रुपैयाँ महानगरलाई बुझाउनुपर्ने भएको छ । १० वटासम्म टेबुल क्षमता भएका रेस्टुरेन्टले ४ सय ८४ रुपैयाँ कर तिर्नुपर्ने छ । २० टेबुल क्षमता भएका रेस्टुरेन्टले ८ सय ४७ रुपैयाँ बुझाउनुपर्ने नयाँ करनीतिमा उल्लेख छ । ५० टेबुलसम्म क्षमता भएका रेस्टुरेन्टको हकमा चालु आर्थिक वर्षमा १ हजार २ सय १० रुपैयाँ कर महानगरलाई बुझाउनुपर्ने भएको छ । अघिल्लो आर्थिक वर्षमा १ हजार ६ सय ५० रुपैयाँ कर बुझाउँदै आएका ५० टेबुलभन्दा माथिको क्षमता भएका सबै रेस्टुरेन्टले यसै वर्षदेखि २ हजार ४ सय २० रुपैयाँ करवापत महानगरलाई बुझाउनुपर्ने भएको छ । महानगरभित्र सञ्चालनमा आएका पर्यटनसँग सम्बन्धित सम्पूर्ण क्षेत्रबाट कर असुली सबैलाई करको दायरामा ल्याउने महानगरले नीति लिएको हो । महानगरले पर्यटनसँग सम्बन्धित सेवा तथा व्यवसायबाट ‘पर्यटन शुल्क’ शीर्षकमा कर असुल गर्ने महानगरले जानकारी दिएको छ । महानगरभित्रका ट्राभल, ट्रेकिङ एजेन्सी तथा ट्रेकिङ सामान बिक्री वितरण गर्ने पसललाई १० प्रतिशत कर वृद्धि गरिएको छ । अघिल्लो आर्थिक वर्षमा १ सय १० कर तिरिरहेका पर्यटन एजेन्सी तथा पसलले यसै आर्थिक वर्षदेखि १ सय २१ करवापत महानगरलाई बुझाउनुपर्ने छ । क्याटरिङ तथा पार्टी प्यालेसको हकमा समेत अघिल्लो आर्थिक वर्षमा तिरिरहेको राजस्वमा यसै वर्षदेखि १० प्रतिशत कर बढेर १ हजार ८ सय १५ कर तिर्नुपर्ने नयाँ नीति महानगरले ल्याएको छ । साभार :-समाधान

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...