पर्यटन बर्ष २०२० सांगीतिक साँझको लागी सबै नेपालीले मन पराउने चर्चित गायक प्रकाश सपुत इजरायल आउने ।

सिनेमा/मनोरन्जन

पर्यटन बर्ष २०२० सांगीतिक साँझको लागी सबै नेपालीले मन पराउने चर्चित गायक प्रकाश सपुत इजरायल आउने ।
फेब्रुवरी २१ फिष्टेल न्यूज:- नेपाल आदिवासी जनजाति महासंघ इजरायलले नेपाल भ्रमण बर्ष २०२० प्रचार प्रसार तथा सफल बनाऊने उदेश्यले इजरायलमा भब्य सांगीतिक साँझको आयोजना गर्ने भएको छ ।यहि आउदो मार्च १३ तारिख हगना- १३५ तेल अभिवमा नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु प्रकाश सपुत र मिलन नेवार आमात्यको साथमा नेपाल पर्यटन बर्ष २०२० “VISIT NEPAL 2020 लाई भब्य रुपले सफल बनाउन तथा प्रचार प्रसार गर्न यस सांगीतिक साझ”को आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ इजरायललका महासचिब खुशी क्ले तमुस्योले हामीलाई बताउनु भएको छ । कार्यक्रममा आमन्त्रित कलाकारहरुको प्रकाश सपुत र मिलन नेवार आमात्यको साथ स्थानीय कलाकारहरुको बेजोड प्रस्तुत रहने भएको छ ।यस कार्यक्रममा उपस्थित् भै कार्यक्रम सफल बनाइ दिनु हुन र साथै सांगीतिक मनोरंजन लिनु हुन सम्पूर्ण इजरायलमा स्थापित संघ संस्था,पत्रकार बुद्दिजिबी लगायत सम्पूर्ण इजरायलबासी नेपालीहरुमा आयोजकले हार्दिक अनुरोध गरेको छ । कार्यक्रम :- “VISIT NEPAL 2020 ''सांगीतिक साझ मिती :-मार्च १३- २०२० समय :-साँझ ७ बजे स्थान :-हागना १३५ तेल अभिव

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...