कलाकारहरुको उपस्थितीले तातियो इजरायल कलाकार प्रिती आले,कृष्ण काफ्ले इजरायलमा ,राजेश पायल र कुशल लिम्बु आज आईपुग्ने ।

सिनेमा/मनोरन्जन

कलाकारहरुको उपस्थितीले तातियो इजरायल कलाकार प्रिती आले,कृष्ण काफ्ले इजरायलमा ,राजेश पायल र कुशल लिम्बु आज आईपुग्ने ।
अप्रिल ११  इजरायल:- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको संरक्षणमा रहेको आपतकालिन अक्षयकोषको आयोजनामा इजरायलको तेल अभीवमा हुने नया बर्ष सांगितिक साँझ २०७६ को कार्यक्रमको लागि नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु गायिका प्रीति आले र कृष्ण काफ्ले इजरायल आईसक्नु भएको छ ।
फोटो :-लिला थापा मगर
  भोलि अप्रिल १२ तारीख शुक्रबार साँझ वाईजमान -६० तेलअभिव स्थित हलमा हुना गईरहेको कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा स्थानीय कलाकारहरुको प्रस्तुतीसँग नेपाली नयाँ बर्ष- २०७६ भव्यताका साथ मनाउने भएको छ ।''हामी जुटौं हाम्रै लागी'' भन्ने मूल उदेश्य सहित इजरायलमा कार्यरत नेपाली बिरामीहरुलाई सहयोग गर्ने मुख्य उद्धेश्यका साथ एनआरएनए एनसीसी इजरायलको संरक्षणमा इजरायल स्थित संघसंस्थाहरुको पहलमा आपतकालिन अक्षयकोष इजरायल स्थापना गरेको हो । ''नयाँ बर्ष २०७६ सांगीतीक साँझ भव्य रुपमा इजरायलमा स्थापित बिभिन्न २२ वटा संघ संस्थाहरुको आयोजकत्वमा र १५ वटा मिडीया पार्टनर हरुको सहकार्यमा कार्यक्रम भव्यताको साथ मनाउने भएको छ ,भने सम्पूर्ण इजरायलबासी सो कार्यक्रममा उपस्थितीको लागी अनुरोध गरेको छ ।

नयाँ बर्ष सांगितीक साँझ २०७६ स्थान :-वाईजमान -६० तेलअभिव मिती :-अप्रील १२ शुक्रबार समय :-सांझा ७ बजे


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...