ह्योल्मो भाषामा बनेको पहिलो चलचित्र मेतोकको इजरायलमा सफल प्रदर्शन ।

विदेश    सिनेमा/मनोरन्जन

ह्योल्मो भाषामा बनेको पहिलो चलचित्र मेतोकको  इजरायलमा सफल प्रदर्शन ।
नोभेम्बर १६ फिष्टेल न्यूज:- ह्योल्मो भाषामा निर्माण भएको पहिलो चलचित्र ''मेतोक ''इजरायलमा भब्य रुपमा सफल प्रदर्शन भएको छ ।ह्योल्मो भाषा संस्कृति र संस्कारमा आधारित प्रेम कथा रहेको चलचित्र ठिलेन इन्टरटेन्मेन्ट प्रा लिको प्रस्तुति तथा इजरायलमा कार्यरत 'सर्किनि ज्याबा ह्योल्मो ' निर्मात्री रहेको मेतोक चलचित्रमा लामा ठिलेन ह्योल्मो निर्देशक तथा नायक ओमु निमा ह्योल्मो नायिका रहेका छन् । शुक्रबार १५ नोभेम्बर साँझ ९ बजे तेल अभिवमा प्रदर्शन गरिएको सो चलचित्र हेर्न ह्योल्मो समुदाय मात्र नभई इजरायलबासी जनजाती समुदायहरुको उपस्थिती रहेको थियो । वियोगान्त प्रेम कथामा बनेको यो चलचित्रमा हेलम्बु ,मुस्ताङ्ग, र काठमाडौँका सुन्दर ठाउहरुमा छायांकन रहेको छ ।यस चलचित्र हेर्नको लागी आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर ,एनआरएन एनसीसी इजरायलका अध्यक्ष शान्ता अधिकारी ज्ञवाली लगायत आदिबासी जनजाती महासंघ इजरायलका पुर्व अध्यक्षहरु तथा वर्तमान कार्यसमितीका सम्पूर्ण उपस्थित रहेको थियो । यस चलचित्र प्रदर्शनको लागि इजरायलमा रहेको ह्योल्मो समुदायको एक मात्रा साझा संस्था ह्योल्मो समाज इजरायलको ब्यबस्थापन रहेको थियो । साथै प्रदेशमा रहेर पनि आफ्नो आदिवासि भाषा कला र संस्कृतिलाइ जोगाउन बिभिन्न माध्यम मध्ये चलचित्र निर्माण जस्तो उदरणिय कार्य गरेकोमा नेपाल आदिबासी महासंघ इजरायलले चलचित्र निर्मात्री सर्किनि ज्याबा ह्योल्मोलाई सम्मान गरिएको थियो ।सम्पूर्ण दर्शकहरुको मन छोएको यस चलचित्र मेतोकको अरु देशहरुमा पनि प्रदर्शनको तयारी गरिरहेको ,देश विदेश रहनु हुने सम्पूर्ण ह्योल्मो समुदायले यो चलचित्र छिट्टै हेर्न पाउनेमा निर्मात्री सर्किनी ज्यबा ह्योल्मोले विश्वास दिलाएकी छिन ।बिदेशमा दुखले कमाएको आफ्नो पुँजी चलचित्र निर्माणमा लगाएकोमा आफु खुसि रहेको र सम्पूर्ण ह्योल्मो समुदायले चलचित्र हेरेर सहयोग गरिदिनु हुन अनुरोध गर्नु भएको छ ।इजरायलमा चलचित्र प्रदर्शनको लागी अहोरात्र खट्टिनु हुने सम्पूर्ण ह्योल्मो समाजका साथीहरु लगायत ,जनजाती महासंघ इजरायलका अध्यक्ष लगायत सम्पूर्ण साथीहरु ,जातिया सस्थाहरु लगायत चलचित्र हेरेर सहयोग गर्नु हुने सम्पूर्ण इजरायलबासी नेपालीहरुलाई धन्यवाद दिनु भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...