नेवा: पुच: युएईले योमरी पुन्ही २०१९ मनायो।

जनजाती बिशेस

नेवा: पुच: युएईले योमरी पुन्ही २०१९ मनायो।
डिसेम्बर १५ मनु कोंमे तमु यु ए ई:- नेवारहरुको महत्वपूर्ण पर्व योमरी पुन्हि/धान्य पूर्णिमा युएईमा बसोबास गर्दै आएका नेवारहरुले आफ्नो संस्कृति र परम्परालाई विदेशमा बसेर पनि संरक्षण गर्दै जाने उद्देश्यका साथ १३ डिसेम्बर २०१९ का दिन दुबईको अल शफा पार्कमा उपस्थित भई भव्यरुपमा वनभोज तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाएको छ। नेवा: पुच: युएई दुबई क्षेत्रीय समितिको आयोजनमा भएको बनभोज कार्यक्रम लाई सफल बनाउनको लागि दुबई क्षेत्रीय समितिका अध्यक्ष दिपेश श्रेष्ठको संयोजकत्वमा नेवा: पुच: युएईका विभिन्न पदाधिकारी सहितको संयन्त्र गठन गरिएको थियो। कार्यक्रमको शुरूवातमा सम्पूर्ण अतिथिहरुलाई ब्याच र योमरी प्रसाद वितरण गरी स्वागत गरिएको थियो। अतिथिका रुपमा नेफिन युएईका अध्यक्ष महेश मोक्तान, नेपाली समाज युएईका कोषाध्यक्ष दिपक राउत, एनआरएनए मध्यपुर्व उपसंयोजक मनोज गोर्खाली, प्रवासी भुजेल समाज सेवा समितिका खडक भुजेल, नेफिन सदस्य एवम् तमु समाज युएईका प्रतिनिधी साङ्गी डोल्मा गुरुङ्ग ,नागरिक सेवा समाजका अध्यक्ष प्रभाकर पौडेल, युएई एक्सचेन्ज नेपालका कोअर्डिनेटर सन्तोष प्रसाईको उपस्थिति रहेको थियो। नेवा:पुच: युएईका अध्यक्ष लक्ष्मण श्रेष्ठद्वारा गीत, संगीत तथा मनोरञ्जनात्मक क्रियाकलापहरुको अभिभारा लिएको थियो। भुपु अध्यक्ष एवं संरक्षक प्रमोद श्रेष्ठ, सल्लाहकार वीरेन्द्र कुमार नकर्मी, मानार्थ सदस्यहरु भीम नारायण श्रेष्ठ, भुवन नकर्मी र प्रज्वल श्रेष्ठ उपस्थित अतिथिहरुको स्वागत, भलाकुसारी र छलफलमा व्यस्त रहेको थियो। उपाध्यक्ष राजेश प्रधान र खेलकुद संयोजक हिरालाल श्रेष्ठबाट कार्यक्रममा यातायातको व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेको थियो। कार्यक्रमको लागि खानाको व्यवस्थापन महासचिव कुमार बलामीले गरेको थियो भने बर दुबई स्थित काठमाडौं प्यालेस रेष्टुरेन्टस् ले नेवारी खानाको तयारी गरेको थियो। योमरी बनाउनको लागी बिहीबार राती दुबई क्षेत्रीय समितिका काव अध्यक्ष दिपेश श्रेष्ठको निवासमा निरु श्रेष्ठ, रीदि स्थापित श्रेष्ठ, नविना शाक्य, सृष्टि शाक्य, सपना मालाकार लगायत लक्ष्मण श्रेष्ठ, हिरालाल श्रेष्ठ, प्रमोद श्रेष्ठ,राजेश प्रधान ,दिपेश श्रेष्ठ उपस्थित भई योमरी तयार पारेको थियो। वनभोजको व्यवस्थापन केन्द्रीय कार्यवाहक महिला प्रमुख सदस्य नविना शाक्य, अजमानका निरु श्रेष्ठ, शारजाहका कल्पना श्रेष्ठ , दुबईका रीदि स्थापित श्रेष्ठ र सपना मालाकारले गरेका थिए । नीरभ मल्ल, न्हुच्छे बहादुर सुवाल, राजेश बलामी , प्रमिला श्रेष्ठ, सृष्टि शाक्य, सरिना मालाकार, अनिता श्रेष्ठ लगायत स्वयंसेवकको रुपमा सेवा गर्न तल्लीनताका साथ खटिएको थियो। कार्यक्रम नेवा: पुच: का खेलकुद संरक्षक एवं केन्द्रीय सदस्य हिरालाल श्रेष्ठ र महासचिव कुमार बलामीले संचालन गरेको थियो भने विङ्गो, तातो आलु, म्युजिकल चेयर, डोरी तान्ने खेल लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रम सन्चालनमा विरेन्द्र कुमार नकर्मी र मनोज अजय श्रेष्ठले साथ दिएको थियो। कार्यक्रममा युएईमा कार्यरत संस्थाहरूका नवनिर्वाचित अध्यक्षहरु नेफिन युएईका महेश मोक्तान, नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तान, एनआरएनए एनसिसिका अध्यक्ष प्रकाश कोइराला, एनआरएनए मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीलाई सम्मान गरेको थियो। नेवा: पुच: युएईको विकासका लागि निरन्तर रुपमा लगि परि रहेका मानार्थ सदस्यहरु भुवन नकर्मी, भिम नारायण श्रेष्ठ र प्रज्वल श्रेष्ठलाई पनि पुच:बाट सम्मान प्रदान गरेको थियो। यसैगरी दुबई क्षेत्रीय समितिमा चयन भएका दिपेश श्रेष्ठ, लोक बहादुर श्रेष्ठ(सुभाष श्रेष्ठ) तथा मिसा: पुच: दुबई क्षेत्रीय समितिमा चयन भएका पवन मैंया नकर्मी र रीदी स्थापित श्रेष्ठलाई पनि कार्यक्रम बिचमा सम्मान गरिएको थियो। कार्यक्रमको अन्तमा विभिन्न संस्थाबाट उपस्थित भएका सम्पुर्ण अतिथि, सहभागी र कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई नेवा: पुच: युएईको तर्फबाट संचालक हिरालाल श्रेष्ठ र कुमार बलामीले धन्यबाद ज्ञापन गरेको थियो। विदेशमा रहनु भएको नेवारहरुलाई आफ्नो संस्कृतिको जगेर्ना गर्न प्रोत्साहित गर्न, विभिन्न प्रतिभावान नेपालीहरुको प्रतिभालाई कदर गर्दै हौसला प्रदान गर्न र नेवारी कला, संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्न नेवा: पुच: युएई ले यस्तो खालको कार्यक्रमहरु आयोजना गर्दै आएको र यसलाई निरन्तरता दिंदै जाने कुरामा नेवा: पुच: युएई सदैव लागी रहने महासचिव कुमार बलामीले जानकारी गराएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...