नेपालमा थप ७ जना कोरोना संक्रमित पुष्टी, संक्रमितको संख्या ८२ पुग्यो ।

स्वास्थ्य

नेपालमा थप ७ जना कोरोना संक्रमित पुष्टी, संक्रमितको संख्या ८२ पुग्यो ।
मे ५ काठमाडौँ :- नेपालमा नया थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे सँगै नेपालमा संक्रमितकाे संख्या ८२ पुगेकाे छ । बाँकेको नेपालगञ्जमा पुनः आज सात जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–८ का चार महिला र तीन पुरुषमा कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले बताएका छन् । २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेका उनले बताए । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका अधिकारीले जानकारी दिएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...