अमेरिकामा कोरोना भाइरस सङ्क्रमणबाट २४ घन्टामा २१०८ जनाको मृत्यु ।

विदेश    स्वास्थ्य

अमेरिकामा कोरोना भाइरस सङ्क्रमणबाट  २४ घन्टामा २१०८ जनाको मृत्यु ।
अप्रिल ११ काठमाडौँ :-बिस्वकै शक्तीशाली राष्ट्र अमेरिकामा एकैदिन कोरोनाभाइरस सङ्क्रमणले २,००० जनाभन्दा बढीको मृत्यु हुने पहिलो देश बनेको छ।जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार गएको २४ घण्टामा २,१०८ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ। अमेरिकाले छिट्टै कोरोनाभाइरस सङ्क्रमणको कारण सबैभन्दा बढी नागरिक गुमाउने सूचीमा इटलीलाई जित्ने देखिएको छ।तर ह्वाइट हाउसस्थित कोभिड-१९ कार्यदलका विज्ञहरूले भने अमेरिकामा सङ्क्रमण दर स्थिर हुन थालेको बताएका छन्।राष्ट्रपति डोनल्ड ट्रम्पले शुरुमा अड्कल गरिएको १००,००० भन्दा कम मानिसको मृत्यु हुने बताएका छन्।अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणले १८,६९३ जनाको मृत्यु भएको र ५००,३९९ जनामा सङ्क्रमण पुष्टि भएको छ।इटलीमा अहिलेसम्म १८,८४९ जनाको मृत्यु भएको र संसारभर कोरोनाभाइरसले १००,००० भन्दा बढी जीवन खोसेको छ।अध्ययनकर्ताहरूले अमेरिकामा शुक्रवार सबैभन्दा धेरैजनाको मृत्यु हुने र त्यसपछि बिस्तारै कम हुँदै जाने बताएका थिए। मे १ सम्मको प्रतिदिन मृत्यु हुनेको सङ्ख्या ९७० जना हुने उनीहरूको अनुमान छ। sources bbcnews

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...