गण्डकी प्रदेशमा थप २ जनामा कोरोना संक्रमण पुष्टि |

स्वास्थ्य

गण्डकी प्रदेशमा थप  २ जनामा  कोरोना संक्रमण पुष्टि |
जुन ५ पोखरा :- गण्डकी प्रदेशमा थप २ जनामा नया कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार प्रदेशको तनहुँ जिल्लाका थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी जनाएको छ ।तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टिनमा रहेका ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले उल्लेख गरेका छन् । संक्रमितहरुलाई अहिले तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ७ रहेको छ ।गण्डकी प्रदेशमा हालसम्म बागलुङमा १५ जना पुरुष तथा ३ महिला , स्याङ्जाका १२ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ९ जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका २ जना पुरुष र तनहुँका ३ जना पुरुष तथा पर्वतका ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...