नगरकोट नाल्दुममा सोनाम ल्होछारको अवसरमा नगरकोट मोहत्सव गर्ने ।

अन्य

नगरकोट नाल्दुममा सोनाम ल्होछारको अवसरमा नगरकोट मोहत्सव गर्ने ।
जनवरी १३ काठमाडौँ :-सरकारले लक्षित गरेको पर्यटन वर्ष-२०२० लाई सफल पार्न राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विभिन्न कार्यक्रम गरि प्रचारप्रसार गरिरहेको बेला नगरकोट नाल्दुम पर्यटन विकास समितिले सोनाम ल्होछारको अवसर पारेर यही आउँदो माघ १० गते देखि १२ गतेसम्म नगरकोट महोत्सव गर्ने भएको छ । “प्राकृतिक सम्पदा, कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति” भन्ने मुल नाराको साथ मनाउन लागेको उक्त महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु चन्द्र कुमार दोङ, इन्दिरा गोले, विशाल काल्देन, शशिकला मोक्तान, अनिश योन्जन, बबिता पाख्रिन, सरोज लामिछाने, प्रभात दोङ, कमला दोङ, स्मृति गौतम, राजेश ढकाल, सृजना हुमागाई, वाङछुराज वाइबा, अदित्य स्याङबो, सम्बर लामा, मुस्कान योञ्जन, जमुना योञ्जनको साथमा लोकप्रिय टिभी कार्यक्रम इन्द्रेणीका कलाकारहरुको बिजोड प्रस्तुति रहने छ । महोत्सवको मुल उद्देश्य पर्यटन वर्ष-२०२० सफल पार्नको लागि भएको हुँदा स्थानीय मौलिक पहिचान झल्किने विभिन्न प्रस्तुतिहरुको समेत प्रदर्शन हुनेछ । लोपोन्मुख बाजा, पहिचानलाई अझ यस महोत्सवले थप उजागर गर्दै यहाँका स्थानीय खानाका परिकारहरुको समेत प्रदर्शन गरि पर्यटकहरुलाई आकर्षक गन्तव्य बनाउने बताए । काठमाडौंबाट बत्तीस किलोमिटर उतर-पुर्वमा रहेको नगरकोट मनोरम दृश्य र प्राकृतिक सुन्दरताले भरिपुर्ण छ । नगरकोटबाट धौलागिरि हिमश्रृंखला देखि कञ्चनजंघा हिमश्रृंखला सम्मको मनास्लु, गणेश, लाङटाङ, गौरी शंखर, चावु, ल्होत्से लगायतका धेरै हिमालहरु देख्न सकिनुको साथै सूर्योदय र सूर्यास्तकाे दृश्यावलोकनका लागि समेत प्रसिद्ध रहेको छ । बाह्य तथा आन्तरिक पर्यटकहरुको लागि खानपिन तथा बसोबासको लागि स्थानिय मौलिक होटल देखि सुविधा सम्पन्न आधुनिक होटल तथा रिसोर्टहरुको कारण पनि वर्षेनी हजारौं पर्यटकहरु नगरकोट घुम्न जाने गर्छन् । यस पर्यटन वर्षमा गत वर्षहरुमा भन्दा धेरै पर्यटकहरु भित्र्याउनको लागि पनि महोत्सवको तयारी गरेको आयोजक सदस्यहरु बताउँछन् । उक्त महोत्सवलाई चाँगुनारायण नगरपालिका, मण्डन देउपुर नगरपालिका, नेपाल सैनिक वार कलेज, नेपाल भ्रमण वर्ष २०२० सचिवालय, दाउरा बिसाउना सामुदायिक वन उपभोक्ता समुहले विशेष सहयोग गर्ने नगरकोट नाल्दुम पार्यटन विकास समितिको प्रवक्ता रोहित मोक्तानले जानकारी गराएका छन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...