म्याग्दीमा पहिरोमा परी २ जनाको मृत्यु।

स्थानीय

म्याग्दीमा पहिरोमा परी २ जनाको मृत्यु।
जुन १० म्याग्दी :-म्याग्दीमा गएराति परेको पानीका कारण आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । जिल्लाको रघुगंगा गाउपालिका–६ कोटगाउँ पहिरोमा पुरिएर उनीहरुकाे मृत्यु भएकाे हाे ।मृत्यु हुनेहरुमा ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया नातिनी सिम्रन छन्त्याल भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मंगलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ लेदो सहितको पहिरोले पुरिएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयबासीले हमाया र छन्त्याललाई मृत फेला पारेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...