संजिवनी दिदीबहिनीले कोरोना लक डाउन पिडित पोखरेलीलाई खाद्यान्न राहत वितरण गरे ।

स्थानीय

संजिवनी दिदीबहिनीले कोरोना लक डाउन पिडित पोखरेलीलाई खाद्यान्न राहत वितरण गरे ।
मे १७ पोखरा :-आज संजिवनी दिदीबहिनीले अस्वस्थ्य, बहिरा, मजदुर, अपाङ्गता भएका तथा एकल महिलाहरुलाइ राहत वितरण गरेको छ।बुद्धिस्ट कम्युनिटी सेन्टर यूकेका महिला अध्यक्ष श्रीमती अन्तिम गुरूंगको संयोजकत्वमा संकलित दोस्रो चरणको राहत रकम रू. ९४,७७२० र संजिवनी दिदीबहिनी केन्द्र नेपालको नाममा पठाउनु भएको दाताहरूको सहयोग रकम रू २६,०००/- गरी जम्मा रु. १,२१,०००/- बाराबर को खाद्यान्न बितरण कार्यक्रम सम्पन्न गरेको छ। पो.म.न.पा. वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालको समन्वय, साथमा प्रहरी प्रशासनका असई याम प्रसाद गौतमको उपस्थितिमा लकडाउन पिडित केहि परिवारलाई खाद्यान्न तथा अत्यवाश्यक सामग्रीहरु अपाङ्गता भएका तथा एकल महिला ३० जना, अस्वस्थ्य तथा बहिरा २० जना र मजदुर परिवार १६ जना गरि जम्म ६६ जना परिवारलाई राहत बितरण गरेको थियो । पोखराको श्री राम आधारभुत मा.बि. मा एक हप्ता देखि समस्याग्रस्त परिवारलाई पो.म.न.पा. वडा नं. ८ ले लकडाउन पिडित बिपन्न परिवारलाई बिहान र संझा नि:शुल्क खाना खुलाउने व्यबस्था भएको हुंदा उक्त वडाका अध्यक्षलाई पनि ७५ केजि चामाल प्रदान गरेको थियो। कार्यक्रममा महिला सिप बिकास तालिम केन्द्रकी संचालीका रामकलि खड्काले आफ्नै संस्थामा तयार गरिएको मास्क उपस्थित सबै जनालाई एक एक वटा बितरण गर्नु भई आउदा दिन हरूमा पनि उहाँको केन्द्रबाट गर्न सक्ने सहयोगको लागि सधै तयार रहेको बताउनु भएको थियो । खाद्यान्न बितरण कार्यक्रमका दानविरहरु जसले आ-आफ्नो इच्छा र गच्छे अनुसार सहयोग गर्नु भयो उहाहरुलाई हृदय देखी नै सम्मान व्यक्त गर्दै भोकाे पेट र आत्माहरुले दिएको आशिर्बादले यहाँहरुको सधैं उन्नती र प्रगती होस् । यहाँहरु सबैलाई सधैं दिएर खान पुगोस् भनि संजीवनी दिदीबहिनी केन्द्रका अध्यक्षले प्रार्थना गर्दै सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद दिनु भएको थियो। संजीवनी दिदीबहिनी केन्द्रका अध्यक्ष बिना गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मिलन विश्व समाचार मिलन वर्ल्ड न्युजका प्रबन्धक निर्देशक मणि लाल गुरुङ, केन्द्रका सदस्य दिलमाया प्रजापति, सचिव कौशिला गुरुङ सहभागी भएका थिइन् भने सदस्य एवं रेडियो जनानिकी अध्यक्ष मिलन थापाले कार्यक्रम समन्वय गरेकी थिइन् । फोटो :-मणि तमु

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...