गण्डकी प्रदेशमा १७ जना नया कोरोना संक्रमित पुष्टि ,स्याङ्गजामा सबभन्दा बढी २२ जना संक्रमित।

स्थानीय

गण्डकी प्रदेशमा १७ जना नया कोरोना संक्रमित पुष्टि ,स्याङ्गजामा सबभन्दा बढी २२ जना संक्रमित।
जुन ७ पोखरा :- कास्की जिल्लाका ३ जनासहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबार बिहान कास्कीका ३ जनासहित थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी जनाएको छ । पोखरा महानगरपालिका २७ का ५९ बर्षीय एक पुरुष तथा रुपा गाउँपालिका ५ र ७ का २३ र ३२ बर्षीय २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।त्यसैगरी स्याङ्गजाको वालिङ् ८ पुरुष तथा हरिनाशका २ पुरुष , बागलुङको ताराखोलाका १ पुरुष र नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशक शर्माले बताए । निर्देशक शर्माका अनुसार उनिहरुलाई पनि अहिले सम्बन्धित जिल्लाको अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म बागलुङमा १६, स्याङ्जाका २२ नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १३ , लमजुङका १ जना, म्याग्दीका २ जना र तनहुँका ३, गोरखाका १ जना तथा कास्कीका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...