मुस्ताङ्गमा चौरीको आलो रगत खाना सर्व साधारणको ताँती ।

स्थानीय

मुस्ताङ्गमा चौरीको आलो रगत खाना सर्व साधारणको ताँती ।
अप्रील २९ पोखरा :- मुस्ताङको बोक्सीखोलामा चौरीको आलो रगत खान सर्वसाधरणको ताँती लागेको छ । थासाङको ब्यवसायिक पशुपालक संस्था धौलागिरी चौरीपालक किसान समितिले सोमबारदेखि यो अवसर जुराएको हो ।यतिखेर जिल्ला बाहिरका सयौं सर्वसाधारण प्राकृतिक उपचारका लागि बोक्सीखोला गएका छन् । कालिगण्डकी करिडोरको बेनी÷जोमसोम सडकको पश्चिमतर्फको नदी किनारमा मेला लागेको हो । झन्डै १ दर्जन घरधुरी किसानका करिव १ हजार बढी चौरीयाकको रगत बिक्री गर्ने समितिका अध्यक्ष गोबिन्द शेचरनले जानकारी दिए । उनले एक चौरीयाकबाट १० देखि ४० गिलास सम्म रगत निकालिने जनाए । पशुको स्वास्थ्य अवस्था परिक्षण गरेर रगत निकालिने उनको भनाई छ । वशन्तऋतुको सन्तुलित याममा खर्कबाट बस्ती छेउ झारिने चौरीयाकको रगत बिक्री गर्ने पुरानो प्रचलन हो ।मुस्ताङका बिभिन्न स्थानीयतहमा वर्षेनी यसप्रकारको रगत खाने मेला आयोजना हुन्छ । बिहानैबाट १२ बजे सम्म रगत खाने कार्यक्रम हुन्छ ,त्यसपछि तारो हान्ने खेल आदी खेलाईन्छ । यसबर्ष चौरीको आलो रगतलाई प्रती ग्लास ३ सयमा बिक्री गरेको समितिले जनाएको छ ।धौलागिरि चौरी पालक किसान समितिको आयोजना गरेको मेलामा मुस्ताङसहित म्याग्दी,पर्बत,बाग्लुङ,कास्की,तनहु,स्याङ्जा र काठमान्डौ लगायतका सर्बसाधारण छन् । पन्ध्र जना चौरी पालक किसानले पालेको चौरीबाट आवश्यकता अनुसार रगत निकाल्ने गरिन्छ ।हिमाली लेकका चौरीको आलो रगत स्वास्थका लागि लाभकर हुने गर्दछ। चौपायाले पाँचऔले,निरमसी,जटामसी र यार्सा गुम्बा जस्ता जटिबुटी खाने हुदाँ यसले पेट सम्बन्धी रोग निकोभई शारिरीक स्फुर्ती बढ्ने जनविश्वास छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...