बुद्द जयन्तीको अवसरमा युवा बौद्ध संघ पोखराले रक्तदान कार्यक्रमको आयोजना गरे ।

स्थानीय

बुद्द जयन्तीको अवसरमा युवा बौद्ध संघ पोखराले रक्तदान कार्यक्रमको आयोजना गरे ।
मे ७ फिस्टेल न्युज सम्बाददाता पोखरा :-युवा बौद्ध संघ पोखराद्वारा २५६४ औ बुद्द जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६४ युनिट रगत सङ्कलन भएको छ । रक्त सञ्चार केन्द्र कास्कीको प्राबिधिक सहयोगमा धर्मशिला बुद्ध बिहार नदिपुर पोखराको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा लकडाउनको प्रवाह नगरी टाढा टाढाबाट सयौ रक्तदाताहरुले सहभागिता जनाएको तर अस्वस्थताका कारणले रक्तदान गर्न नमिलेकोमा दुखेसो पोख्दै फर्केको नेपाल स्वयमसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्यले बताउनु भयो । धर्मशिला बुद्ध बिहारका भिक्षु धजवन्तेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजन नेपाल स्वयमसेवी रक्तदाता समाज कास्कीले गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...