किरात याक्थुङ चुम्लुङ र ह्याल्मो समाज इजरायलद्वारा आपतकालीनअक्षय कोषलाई सहयोग रकम हस्तान्तरण ।

विदेश

किरात याक्थुङ चुम्लुङ र ह्याल्मो समाज इजरायलद्वारा आपतकालीनअक्षय कोषलाई सहयोग रकम हस्तान्तरण  ।
मे २० तेल अभीव :- किरात राई यायोक्खा नेपाल इजरायलद्वारा आयोजना गरिएको किराँतीहरुको आफ्नो मौलिक राष्ट्रिय महान चाड यलेदोङ २०७९ को उभौली प्राकृतिक पुजाको अवसर पारेर किरात याक्थुङ चुम्लुङ इजरायलको तर्फबाट आपतकालिन कोषलाई १००० एक हजार सेकेल किरात याक्थुङ चुम्लुङ इजरायलका अध्यक्ष कुमार आङ्गदेम्बे अवीले एन आर एन एन सी सीका अध्यक्ष  तथा आपतकालीन अक्षयकोषकी संयोजक शान्ता अधिकारी ज्ञवालीलाई हस्तान्तरण गर्नु भएको थियो ।सो अवसरमा आफ्नो दुई शब्द राख्नु हुँदै किरात याक्थुङ चुम्लुङ इजरायलका अध्यक्ष कुमार आङ्गदेम्बे अवीले इजरायलमा उदेश्य एक तर सोही दिन ,सोही समयमा दुईटा कार्यक्रम जुदाएर नेपाली नेपाली बिचमा प्रतिस्पर्दा गर्नु नहुने आपतकालीन अक्षयकोष मेरो नभई हाम्रो हो भन्ने सोच्नु पर्नेमा जोड दिनु पर्नेमा धारणा राख्नु भयो । यसै अवसरमा ह्याल्मो समाज इजरायलको तर्फबाट पनि आपत कालीन अक्षयकोषलाई ५०० सेकेल (पाँच सय सेकेल ) समाजका भू पु अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो र महासचिव समिर लामा श्याङ्बाद्वारा एन आर एन एन सी सीका अध्यक्ष तथा आपतकालीन अक्षयकोषकी संयोजक शान्ता अधिकारी ज्ञवाली लाई हस्तान्तरण गर्नु भएको थियो ।यस सहकार्यका लागी एन आर एन एन सी सीका अध्यक्ष शान्ता अधिकारी ज्ञवालीले दुबै सस्थालाई धन्यवाद दिनु भएकी थिईन।    

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...