कास्की आदर्श सेवा समाज कतारको १७ औ साधारण सभा सम्पन्न ।

विदेश

कास्की आदर्श  सेवा समाज कतारको १७ औ साधारण सभा  सम्पन्न ।
अप्रील २२ अप्रिल,दोहा, कतार खुसिमान गुरुङ:-कास्की आदर्श सेवा समाज कतारको १७ औ साधारण सभा सम्पन्न ।मिती २०१९ अप्रिल १९ तारिख शुक्रबारका दिनमा कास्की आदर्श सेवा समाज कतारको १७ औ साधारण सभा दोहा सनैया-२७ स्थित रोटना रेस्टुरेन्टको सभाहलमा संस्थाका केन्द्रीय अध्यक्ष श्री बिस्वबन्धु थापाज्युको सभापतित्व र संस्थाको संरक्षक सदस्य श्री बलराम सापकोटा ज्युको प्रमुख अतिथित्यमा सब्य भब्य संग सम्पन्न भयो। उक्त कार्यक्रममा संस्थाको संरक्षक सदस्य द्वय श्री धुर्बराज अधिकारि ज्यु , श्री बिमल सुबेदी ज्यु , प्रमुख सल्लहाकार श्री मन प्रसाद राना मगर ज्यु , सल्लहाकारहरु क्रमस श्री राम प्रसाद गौतम ज्यु ,श्री रेसम बस्नेत ज्यु , श्री प्रभात त्रिपाठी ज्यु , श्री कृष्ण बहादुर कार्की ज्यु , त्यसै गरि बिसेस अतिथि हरुमा गण्डकी प्रदेश समन्वय परिसद कतारका महासचिब श्री रामजी खत्री ज्यु , स्याङ्जा सहयोग समाज,कतारका अध्यक्ष श्री अजमत अलि ज्यु, तनहु सेवा समाज,कतारका अध्यक्ष श्री केस गुर्माछांन मगर ज्यु, बाग्लुङ्ग सेवा समाज,कतारका अध्यक्ष श्री सागर पौडेल ज्यु, मोना कतारका उपाध्यक्ष श्री मिन बहादुर कार्की ज्यु, पर्बत सेवा समाज, कतारका प्रमुख सल्लहाकार श्री चिन्तामणि पौडेल ज्यु, समाजसेवी श्री सक्ति छेत्री ज्यु ,श्री सन्तोष तिमिल्सिना ज्यु - अन्तर्राष्ट्रिय नेपाली समाज प्रबक्ता ,समाजसेवी महेन्द्र चालिसे, वरिष्ठ उपाध्यक्ष श्री हेम बहादुर बिक(बिक्की) ज्यु , फेवा सास्कृतिक परिवार तथा केन्द्रिय सदस्य श्री प्रेमलाल अधिकारि, उपाध्यक्ष तथा खेलकुद समिति सयोजक श्री मन बहादुर कुवर ज्यु , सहसचिब तथा भलिबल टिम मेनेजर श्री अमृत बिक ज्यु , कोषाध्यक्ष श्री अग्निधर देबकोटा ज्यु , सह-कोषाध्यक्ष श्री बाबुराम थापा ज्यु , कास्की सार्दीखोला समाज,कतार बाट श्री जिबन गुरुङ ज्यु र अन्नपुर्ण ६/७ संगम समुह बाट श्री गणेश जिसी ज्यु लगायत अन्य कस्केली तथा गैर कस्केलीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमममा राष्टको सम्मान गर्दै सामुहिक राष्टिय गान सयौ थुंगा संगै ज्ञात अज्ञात सहितहरु प्रति १ मिनेट मौन धारण गरियो । तेस्पछि सस्थाको वरिष्ठ उपाध्यक्ष हेम बहादुर बिक-(बिक्की) ज्युले उपस्थित सबैलाई स्वागत मन्तब्य राख्नु भएको थियो । साथै सस्थाको संरक्षक सदस्य उक्त कार्यक्रमको प्रमुख अतिथि श्री बलराम सापकोटा ज्युको बाहुली बाट दिप प्रज्वलन गर्नु भै उद्घाटन कार्यक्रम सुभारम्भ गर्नु भएको थियो । तेसपछि सस्थाको सचिब खुसीमान गुरुङ द्वारा बार्षिक कार्यप्रगति प्रतिबेदन र कोषाध्यक्ष अग्निधर देबकोटा द्वारा बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भ्याएको थियो । दुवै प्रतिबेदनमा सबै जनाले सकारात्मक प्रतिक्रिया दिनु भै समर्थन गरि सामुहिक तालि बजाई पारित भएको घोसणा भएको थियो । कार्यक्रममा उत्कृष्ट बनाउन सुरुमै स्वागतम नृत्य प्रस्तुत गर्दै कलाकार सिता घिमेरेले डाफे झै नाच्ने हिमाल झै हास्ने गितले स्वागत गर्नु भएको थियोे । साथै कार्यक्रम लाई अझ मनोरञ्जन दिनको लागि कलाकार गायक/ नृत्यकार जिबन गुरुङ - नृत्यागना माया गुरुङको प्रस्तुतिहरुमा दर्शक हरु झुमे। जीवन गुरुङको सालैजो भाकामा सबै दर्शकलाइ नचाउन सफल भए । गायक प्रेमलाल अधिकारिले नत माइत न घर बोकको गित, प्रभात त्रिपाठीले सम्झना छैन र, महेश तामांग धाराको पानी, तुलसी आगनमा , क्षेत्र बहादुर गुरुङले जोमसोम बजारमा सबैलाइ नचाय । सल्लाहकार रेशम बस्नेतको समुहले पोखराका सेरोफेरो गाउँ ठाउँ लाई समेटेेर राम्रो भजन गित साथै कबिता पनि प्रस्तुत गर्नु भएको थियो । केहि समय गित संगीत संगै सबै जनाले सामुहिक भोजन गरे। साथै सस्थाका निम्न व्यक्तिहरुलाई सस्थाको लोगो अङ्कित खादा लगाई आजिबन सदस्यता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । देब बहादुर बिक,केस गुर्माछान मगर,क्षेत्र बहादुर गुरुङ ,केसू गुरुङ,जित बहादुर गुरुङ ,सन्तोष तिमिल्सिना साथै साधारण सदस्य लिनु हुनेमा हुमादेबी गुरुङ ,इशा गुरुङ, मदन गुरुङ , हुनुहुन्थियो , साथै उक्त दिनबाटै सावित्री गिरि , चंद्रबती अधिकारि र सन्तोष तिमिल्सिना ज्युले पनि आजिबन सदस्य लिनु भएको छ । साथै गत तिज कार्यक्रममा छुट भएको सम्मान पत्र सस्थाको प्रमुख सल्लहाकार मन प्रसाद राना मगर लाइ प्रमुख अतिथि ज्युबाट दोसल्ला ओडाएर सभापति ज्यु बाट सम्मान पत्र हस्तान्तरण गरिएको थियो , साथै सस्था द्वारा प्रकासित गरिएको ''आदर्स सन्देस'' ब्यबस्थापन र वितरणमा बिसेस सहयोग गरिदिनु भएकोमा तमु समाज कतारका भूपू अध्यक्ष तथा आसिमाला गेस्ट प्यालेस काठमाण्डौलाइ कदर पत्र द्वारा सम्मान गर्न खादा सहित कदर पत्र प्रमुख सल्लहाकार नेपाल जानु हुने बेलामा सम्बन्धित व्यक्ति लाइ हस्तान्तरण गर्न वहालाई बुझाइयो । उक्त कार्यक्रममा शुभकामना दिनुहुनेमा क्रमस कास्की सार्दिखोला समाज बाट जीवन गुरुङ, अन्नपूर्ण ६/७ सङम समूह बाट गणेश जिसि, फेवा सास्कृतिक परिवार बाट सावित्री गिरि,अन्तर्राष्ट्रिय नेपाली समाज बाट सन्तोष तिमिल्सिना, बाग्लुङ सेवा समाज बाट सागर पौडेल , मोना कतार म्याग्दी बाट मीन बहादुर कार्कि, स्याङ्जा सहयोग समाज बाट अजमत अलि, गण्डकी प्रदेशको तर्फबाट महासचिव राम्जी खत्री ज्युले बोल्नुभएको थियो । साथै मन्तब्यमा सबै बक्ताहरुको सस्थाको सकारात्मक बर्णन गर्नुका साथै प्रबाशमा सधै एक आपसमा सहयोग सद्भावना रहनु पर्नेमा जोड दिनु भएको थियोे । साथै सस्थाको सल्लाहकार प्रभात त्रिपाठी, संरक्षक धुर्बराज अधिकारी,संरक्षक बिमल सुबेदिले पनि मन्तब्य दिने क्रममा सस्थालाइ अझ हरेक कुरामा सक्षम बनाउन सबै जना लाग्नुपर्ने बताउनुभयो। सस्था सास्कृतिक खेलकुद क्षेत्रमा त अघि नै छ अझ आर्थिक पक्षलाइ पनि माथी पुर्याउन पर्नेमा विशेष जोड दिनुभएको छ । अन्त्यमा सभापतिको तर्फबाट सस्थाको सचिब श्री खुसीमान गुरुङले पुत्र लाभको अबसरमा सस्थालाई पानस (दियो) सौजन्य हस्तान्तरण गर्नु भएकोमा हार्दिक धनायबाद साथै यातायातमा खटीनु हुने साथीहरू, बाध्यबाधन र टेक्निसियन, फोटो ग्राफर, कार्यक्रम सफल बनाउन रातदिन लाग्नुहुने कार्यसमितिका साथीहरू, सल्लाह सुझाब मार्ग निर्देसन गर्नुहुने सम्पुर्ण संरक्षक ज्युहरु, सल्लाहकार ज्युहरु , कार्यक्रम सफल बनाउन उपस्थित कस्केली तथा गैर कस्केली सम्पुर्णमा रिदयदेखिनै हार्दिक धन्यवाद ब्यक्त गर्दै आउने दिनहरुमा पनि यस्तै निरन्तर सहयोगको निरन्तर आशा गर्दै उक्त सभा बिसर्जन गर्नु भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...