गोर्खाली रेडियो १०६ मेगाहर्जका स्टेशन म्यानेजर खिमा गुरुङ पतंजली योग समिति कास्कीको मिडिया प्रभारी नियुक्त।

स्थानीय

गोर्खाली रेडियो १०६ मेगाहर्जका स्टेशन म्यानेजर खिमा गुरुङ पतंजली योग समिति कास्कीको मिडिया प्रभारी नियुक्त।
जुलाई २४ पोखरा:-सामुदायिक गोर्खाली रेडियो १०६ मेगाहर्ज पोखराका स्टेसन म्यानेजर खिमा गुरुङ पतंजली योग समिति कास्कीको मिडिया प्रभारी तथा संचार मन्त्रीमा चयन भएको छ ।पतंजली योग समिति गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति, महिला समिति, युवा समिति र नगर समितिको निर्णय अनुसार गोर्खाली रेडियो १०६ मेगाहर्जका स्टेशन म्यानेजर गुरुङलाई मिडिया प्रभारी तथा संचार मन्त्रीका रुपमा नियुक्त गरिएको हो। संचारमाध्यम मार्फत योग र यस संग सम्बन्धित गतिविधिको प्रचार प्रसारमा गुरुङले आफुलाई दिइएको जिम्मेवारी पुर्ण रुपमा सफल बनाउन पहल गर्ने बताएका छन।गुरुङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज),गण्डकी प्रदेश संगठन सचिव , तमु (गुरुङ) संचारकर्मी संघ नेपालका केन्द्रिय सदस्य र तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका प्रचार सचिव पनि हुन भने विभिन्न संचार माध्यमहरुमा र विभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध छ्न।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...