मन्त्रि परिषदको अध्यादेश राष्ट्रपति बिध्या देवी भण्डारीले जारी गरिन ,नेकपा अध्यक्ष पुष्प कमल दाहालले आफु निकट नेताहरुलाई काठमाडौँ नछाड्न आग्रह ।

राजनीति

मन्त्रि परिषदको अध्यादेश राष्ट्रपति बिध्या देवी भण्डारीले जारी गरिन ,नेकपा अध्यक्ष पुष्प कमल दाहालले आफु निकट नेताहरुलाई काठमाडौँ नछाड्न आग्रह ।
एप्रिल २० काठमाडौँ :-राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्त्रिपरिषदले प्रस्ताव गरेको दुई वटा अध्यादेश जारी गरेकी छन् ।राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।अध्यादेश जारी भएसंगै अबदेखि पार्टी फुटाउन संसदीय दल वा पार्टी केन्द्रीय सदस्य मध्ये कुनै एउटामा ४० प्रतिशत संख्या पु¥याए पुग्ने भएको छ । यस्तै अर्को अध्यादेश अनुसार संवैधानिक परिषद्मा दुई जनाले मात्रै निर्णय गर्न सक्ने भएका छन् ।सरकारले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत मत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ दल नेकपा भित्रै खैलाबैला मच्चिएको छ । यस निर्णयले कतै नेकपा फुट्दै त छैन भन्ने प्रश्न उब्जाएको छ । यस्तो बेलामा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले आफूनिकट नेताहरुलाई काठमाडौं नछाड्न निर्देशन दिएका छन् । प्रचण्डले सरकारले गरेको निर्णय बारे छलफल चलिरहेको भन्दै राजधानी नछाड्न आफूनिकट नेताहरुलाई निर्देशन दिएको एक नेताले जानकारी दिए ।यस्तै सरकारको यो निर्णयसंगै अहिले नेकपाको सचिवालय बैठक बालुवाटारमा बसीरहकेो छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...