गण्डकी प्रदेशमा कोरोना संक्रमित बढ्दै ,४ जिल्लामा १६ नया संक्रमित पुष्टि।

स्थानीय

गण्डकी प्रदेशमा कोरोना संक्रमित बढ्दै ,४ जिल्लामा १६ नया संक्रमित पुष्टि।
जुन ४ पोखरा :-गण्डकी प्रदेशका ४ जिल्लामा १६ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङको निसीखोला गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका २२ र २९ वर्षका २ जना पुरुष र ३३ का १ जना महिलामा कोरोना पुष्टि भएको छ । बाग्लुङकै वडीगाड गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका १६, २०, २१ र २५ वर्षका ४ पुरुषमा पनि कोरोना देखिएको छ ।बाग्लुङकै गल्कोट नगरपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका २०, २२ र २३ वर्षका ३ जना पुरुष गरी बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका १८ वर्षे का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरी पर्वत जिल्लाको फलेबास नगरपालिका घर भएर कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २१ वर्षका २ जना पुरुष र सोही जिल्ला बिहादी गाउँपालिका घर भएर कुश्माकै क्वारेन्टाइनमा रहेका २४ र २८ वर्षका २ जना पुरुषमा समेत गरी पर्वत जिल्लामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । म्याग्दी जिल्लाको मंगला गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका १९ वर्षे १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । उनी सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...