मृगौला रोगद्वारा पीडित सन्छरी गुरुङलाई कोरियाबाट सहयोग |

स्थानीय

मृगौला रोगद्वारा पीडित सन्छरी गुरुङलाई कोरियाबाट सहयोग |
अगस्ट १६लोकेन तमु पोखरा :-वालिङ नपा -३ बुढाकोट स्याङ्जा घर भै हाल पोखरा बिरेन्द्रचोक निवासी मृगौला रोगद्वारा पीडित सन्छरि गुरुङलाई स्याङ्जा भिरकोट आर्थर तमु समाज कोरियाले सङ्कलन गरेको सहयोग रकम १५२५०७ रुपैया बिहिवार पोखरामा हस्तान्तरण गरिएकोछ । वालिङ बुढाकोट खरिचौर समाज पोखराका आजिवन सदस्य समेत रहनुभएका भिरकोट आर्थर तमु समाज कोरियाका सक्रिय सदस्य दिलिप गुरुङको संयोजकत्वमा सङ्कलित रकम सस्थाका सस्थापक सचीव धन गुरुङ,सल्लाहकार धिरज गुरुङ,खुशी गुरुङ,रकम सङ्कलन सयोजकका धर्मपत्नी उमा गुरुङ,वरिष्ठ समाजसेवी गणेश गुरुङले सामुहिक रुपमा बिरामीलाई हस्तान्तरण गरेको थियोे । वालिङ बुढाकोट / खरिचौर समाज पोखराका पदाधिकारी एवम् सदस्यहरुको रोहवरमा सम्पन्न रकम हस्तान्तरण कार्यक्रममा भिरकोट आर्थर तमु समाजका सस्थापक सचिव धन गुरुङले सस्थाको परिचय दिनुभएको थियोे भने बुढाकोट खरिचौर समाजका अध्यक्ष बिष्णुमाया गुरुङले सहयोगि मनहरुलाइ धन्यवाद दिनुका साथै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । पीडित गुरुङ अहिले पोखरा १४ बिरेन्द्र चोकको डेरामा बसि गण्डकी हस्पिटलमा डायलोसिस गरिरहनुभएको छ ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...