धनगढीबाट डडेलधुरा जांदै गरेको बस दुर्घटना ७ जनाको मृत्यु ,३४ घाइते ।

अन्य

धनगढीबाट डडेलधुरा जांदै गरेको बस दुर्घटना ७ जनाको मृत्यु ,३४ घाइते ।
अप्रील २४ धनगढी :- धनगढीको अतरियाबाट बझाङ जाँदै गरेको बस बुधबार बिहान डडेलधुरामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी करूणाकर अवस्थीले दिएको जानकारी अनुसार सो घटनामा ३४ जना गम्भिर घाइते भएको बताएका छन्। उनका अनुसार घाइतेहरूको डडेलधुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। अवस्थीका अनुसार बसमा कति यात्री सवार थिए भन्ने एकिन जानकारी आइनसकेपनि करिब ४०-४२ जना सवार भएको अनुमान गरिएको छ। अझे केहि घाइतेलाई उद्धार गरेर ल्याउँदै गरेको उनले बताए। ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा दुर्घटनामा परेको हो। घटनामा निधन भएकाहरूको सनाखत हुन सकेको अवस्थीले जनाएका छन्। त्यसथै उनका अनुसार के कारणले दुर्घटना भएको भन्न एकिन हुन नसकेपनि धनगढीबाट बस छुट्नुअघि चालक र गाडी साहुबीच सामान हाल्ने विषयमा विवाद भएपछि ९-१० बजे छुट्नुपर्नेबस राती अबेर १२ बजेमात्र गुडेको बुझ्नमा आएको उनले बताए। सडकको अवस्था राम्रो नै रहेकाले चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने आफूहरूको प्रारम्भिक अनुमान भएको उनको भनाइ छ। उद्धारका लागि गएको प्रहरी टोली फर्किएपछि विस्तृत जानकारी आउने उनले बताए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...