पौडी खेल्ने क्रममा म्याग्दीमा २ बालक बेपत्ता ।

अन्य

पौडी खेल्ने क्रममा म्याग्दीमा २ बालक बेपत्ता ।
जुलाई ३ बेनी :- म्याग्दी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा बेनी नगरपालिका - ३ दुधेखोलाका २ बालक बेपत्ता भएका छन् । मङ्गलबार बेलुका ४ः०० बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा–३ का ११ वर्षीय प्रदीप रोक्का र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका बालक डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता बालकको खोजीकार्य भइरहेको र अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न नसकेको जनाइएको छ । विद्यालयबाट फर्केर पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई बालक बेपत्ता भएका स्थानीयले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...