पोखरामा भारतीय गाडीको ताण्डव ,६ घाइते एक घम्भीर ।

अन्य

पोखरामा भारतीय गाडीको ताण्डव ,६ घाइते एक घम्भीर ।
जुन २७ पोखरा :-पोखरामा एक भारतिय कारले ३ मोटरसाइकल, १ ट्याक्सी र १ स्कुटीलाई ठक्कर दिँदा ६ घाइते भएका छन् भने एककाे अवस्था गम्भीर छ । लेकसाइड चिल्लीबार नजिकै हल्लनचोकबाट पामेतर्फ जाँदै गरेको एचआरओ ९ एल ०००९ नम्बरको गाडीले विपरित दिशाबाट आएको पल्सरलाई सुरुमा ठक्कर दिएको हो । ग१६प ९९५९ मोटरसाइकल चालक पोखरा २३,का ३३ वर्षीय ईश्वर नेपालीका अनुसार उनलाई अगाडिबाट कारले ठक्कर दिएको बताएका छन् । उनीसाथ मोटरसाइकलमा सवार पोखरा १८, भकुण्डे निवासी ८३ वर्षीय पदमबहादुर गुरुङ गम्भीर घाइते भएका छन् । गुरुङको टाउकोमा चोट लागेको छ । हाल उनलाई सृजनाचाेक स्थित मेट्राेसिटी हस्पिटलकाे आइसियु कक्षमा राखी उपचार भइरहेकाे छ । त्यस्तै, कारले पल्सर पछि होन्डा कम्पनीको स्पलेन्डर मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक पोखरा ३२ तल्लो गगनगौडा बस्ने ५२ वर्षीय नुरुल शाह घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिएको र अप्रेसन गर्नुपर्ने उपचारमा संलग्न हस्पिटलका डा निलकण्ठ लामिछानले जानकारी दिए ।अन्य घाइते हुनेहरुमा पोखरा ७, मासबार बस्ने २३ वर्षीय रिगु कुमार रहेका छन् । उनी भारतीय नागरिक हुन् , पेन्टिङ पेशाम आबद्ध रिगुका अनुसार कारले अकस्मात सोरेर लतारेको सुनाए । अन्नपूर्ण गाउँपालिका ८ निवासी २६ वर्षीया सुनिता अधिकारी समेत सामान्य घाइते भएकी छन् । कारले १ ट्याक्सीलाई समेत ठक्कर दिएको थियो । ठक्करबाट ट्याक्सी चालक मदन नेपाली सामान्य घाइते भएका छन् । उनको ग१ज २७८६ नम्बरको ट्याक्सीमा क्षति पुगेको छ । कारले अन्यलाई ठक्कर दिएको हुन सक्ने शंका प्रहरीले गरेको छ । साथै, कार धनी हरियाणाका मेहर पटेललाई समेत हिरासतमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता केसीले जानकारी दिए । ‘डिकं एन्ड ड्राइभ’ संलग्न चालक अर्घाखांचीका अजय बराल र सवारीलाई ठक्कर दिएर भागेको केही मिनेटमै सेदीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु भारतदेखि पोखरा घुम्नका लागि आएको हुन् । कार चालक अजय बरालको मेडिकल परीक्षण रिपोर्ट आएपछि मदिरा पिएकोबारे पुष्टि हुने प्रवक्ता केसीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...