ऎन नै संशोधन गरेर बढाए बैठक भत्ता गण्डकी प्रदेश मंत्री परिषदले ।

अन्य

ऎन नै संशोधन गरेर बढाए बैठक भत्ता गण्डकी प्रदेश मंत्री परिषदले ।
मे ६ पोखरा :-प्रदेश नम्बर ४ (गण्डकी )प्रदेश सभाका पदाधिकारी तथा सदस्यको बैठक भत्ता बढेको छ । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सेवा, सुविधा सम्बन्धी ऐन २०७४ को अनुसूची संशोधन गरी बैठक भत्ता बढाउने निर्णय आइतबारको मन्त्रिपरिषदको बैठकले गरेको हो । अब प्रदेश सभा सांसदले बैठक भत्ता बापत १ हजार रुपैयाँ पाउने भएका छन् । यसअघि बैठकभत्ता ७ सय ५० रुपैयाँ थियो । संविधानको धारा १ सय ९६ को बमोजिम प्रदेश सभा पदाधिकारी तथा सदस्यको परिश्रमिक तथा सेवा सम्बन्धी ऐन २०७४ वैशाख २४ गते प्रमाणित भए कार्यान्वयनमा आएको थियो । ‘मन्त्रिपरिषदको निर्णयले ऐनको हेरफेर गर्दै १ हजार रुपैयाँ पु¥याउने निर्णय गरिएको हो । यसको राजपत्रमा सूचना प्रकाशित भएसँगै लागु हुनेछ,’ सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । पोखरामा घर हुने प्रदेश सभाका पदाधिकारीलाई आवास सुविधा तथा मर्मतका लागि अरु जिल्लाकोभन्दा आधा रकम दिने मन्त्रिपरिषदले निर्णय गरेको छ । अब पोखरामा घर हुने सांसदले साढे ७ हजार रुपैयाँ आवास तथा मर्मत सुविधा पाउने छन् । यसैगरी दलका सचेतकले यसअघि गाडी प्राप्त नभइसकेको अवस्थामा प्राप्त नगरेको सुविधा बापतको रकम पनि उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेको छ । सचेतकले सवारी सुविधा बापत मासिक १० हजार रुपैयाँ पाउँछन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...