धनगढी उपमहानगरपालिका-८ को कार्यालयमा अज्ञात समुहद्वारा आगजनी ।

अन्य

धनगढी उपमहानगरपालिका-८ को कार्यालयमा अज्ञात समुहद्वारा आगजनी ।
सेप्टेम्बर १९ धनगढी :-धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। आगलागी समयमै आगो नियन्त्रण गरिएकाले खासै क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । नेत्र विक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने आशङ्का गरिएको बताइएको छ ।यस घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...