गुल्मीमा जिप दुर्घटना हुँदा पुर्व सांसद सहित ३ जनाको मृत्यु ।

अन्य

गुल्मीमा जिप दुर्घटना हुँदा पुर्व सांसद सहित ३ जनाको मृत्यु ।
अप्रिल ११ तम्घास :-गुल्मीको मुसिकोट नगरपालिकामा आज बिहान जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी र अन्य २ गरी ३ जनाको मृत्यु भएकोछ ७ घाइते भएका छन् ।धुर्कोट गाउँपालिका–५ निवासी भण्डारी नेपाली काङ्ग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं ३ बाट २०४८ मा प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ६५ वर्षीय भण्डारी नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिसमेत थिए । त्यसैगरी मालिका गाउँपालिका–१ का आठ वर्षीय वस्कर विश्वकर्मा र सोही वडाका २ का २६ बर्षीय कोशीला थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिए । भण्डारी २०४७ सालको निर्वाचनमा तत्कालिन गुल्मी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट सांसद बनेका थिए । दुर्घटनामा घाइते भएका मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीय कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस, मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीय रिमा भट्टराई रहेको जिल्ला ट्राफिक कार्यालयले बताए । मालिका गाउँपालिकाअन्तर्गत दर्लिङबाट बिहान सदरमुकाम तम्घासका लागि छुटेको लु१ज १९५७ नंको उक्त जिप बिहान ९ बजे मुसिकोट नगरपालिका–१ अन्तर्गत चैनडाँडा भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये चारको वामीटक्सारस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने अन्य चार जनालाई गुल्मी अस्पताल तम्घास ल्याइँदै गरिएको छ । पूर्वसांसद भण्डारी बुधबार मालिका गाउँपालिकाअन्तर्गत घमिरमा दलित सङ्घका जिल्ला उपाध्यक्ष टेकबहादुर विश्वकर्माको श्रद्धाञ्जलि कार्यक्रममा गएका थिए । जिप घुम्तीमा मोड्ने क्रममा दुर्घटना हुँदा सडकवाट २०० मिटर तल खसेको स्थानीयवासी मोहन घिमिरेले जानकारी दिए। दुर्घटनामा जिप चालकसमेत गम्भीर घाइते भएको बताइएको छ । रासस  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...