बिस्व नेवा दिवस तथा नेवा :खल इजरायलको अधिबेशन भब्य रुपमा सम्पन्न |
मूलबासि /भूमिपुत्र
रोजगारीको शिलशिलामा इजरायलमा रहेका नेवार समुदायको संस्था नेवा:खल इजरायलले नयाँ अनुहारका साथमा फेरबदल गर्दै नयाँ नेतृत्व चयन गरेको छ । कार्यक्रमको उदघाटन सभापति नेवा:खल इजरायलकी अध्यक्ष रेखा श्रेष्ठ , प्रमुख अतिथि नेआज महासंघका अध्यक्ष नरेश कुमार श्रेष्ठ र बिशेष अतिथि गैर आवासीय नेपाली संघ इजरायलका महासचिब तेन्जिन शेर्पाबाट संयुक्त रुपमा पानसमा दिप् प्रज्वलनका साथै केक काटेर कार्यक्रमको औपचारिक रुपमा उदघाटन गरिएको थियो |कार्यक्रम उदघाटन लगतै अतिथिहरुलाई नेवा:खल इजरायलकी बरिष्ठ उपाअध्यक्ष शुनिता श्रेष्ठले स्वागत गरेका थिए ,भने शुभकामना मन्तब्य पमुख अतिथि, बिशेष अतिथि र अन्तरास्ट्रिय तामांग परिषदका उपा अध्यक्ष बीबी लामा तामांगले बिस्व नेवा दिवसको शुभकामना मन्तब्य राखेका थिए | कार्यक्रमको अन्त्यमा सभापति नेवा:खल इजरायलकी अध्यक्ष रेखा श्रेष्ठले बिस्व नेवा दिवशको शुभकामना साथै उपस्थीत सम्पूर्णलाई धन्यबाद दिदै कार्यक्रम समापन संगै १८/ १९ को कार्यसमिति भंग भएको घोषणा संगै दोस्रो चरणको कार्यक्रम सुरु भएको थियो | कार्यक्रमको संचालन नेवा:खालकी महासचिब मनु श्रेष्ठले संचालन गरेकी थिईन |

