आदिबासी जनजाती महासंघ जापानले ४ नम्बर प्रदेशको नाम ”तमुवान -मगरात ”राख्न माग |
अन्य
प्रदेश नं. ४ आदिवासी समुदाय गुरूङ र मगर जातिको बाहुल्यता भएको क्षेत्र भएकोले आदिवासी जनजाति समुदायको पहिचान कायम हुने गरी नामांकन गरिनुपर्ने महासंघले मागसमेत गरेको छ । ऐतिहासिक भूमि तमूवान–मगरातको सभ्यतालाई अलग्याउनु लोकतन्त्र, धर्म निरपेक्षता, संघीयता र आदिवासीहरूको भाषिक, सांस्कृतिक, सामाजिक, धार्मिक तथा राजनीतिक अधिकारमाथि कुठाराघात भएको महासंघले आरोप लगाएको छ । आदिवासी जनजाति समुदायको भावनाको कदर हुने गरी तत्काल ‘तमूवान–मगरात प्रदेश नामाकरण गर्न पनि महासंघले माग गरेको छ । 
