युएईमा कोभिड – १९ को नयाँ संक्रमित १६४ ,संक्रमित संख्या ६१,१६३ |

अन्य

युएईमा कोभिड – १९ को नयाँ संक्रमित १६४ ,संक्रमित संख्या ६१,१६३  |
अगस्ट ३ मनु कोंमे तमु /युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयको तथ्यांकअनुसार आज २०२० अगस्ट ०३ तारिख सोमबारको परिणाम १६४ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट युएईमा संक्रमित हुनेहरुको संख्या ६१,१६३ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् आज २४८ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ५४,८६३ जना पुर्णरुपमा निको भइसकेका छ्न। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३५१ जना पुगेको छ भने संक्रमित बिरामी भइ उपचार गराइ रहेकाको संख्या ५,९४९ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...