मलेशियामा रक्सी पिउदा ४ नेपाली सहित १५ जनाको ज्यान गयो |

विदेश

मलेशियामा रक्सी पिउदा ४ नेपाली सहित १५ जनाको ज्यान गयो |
असोज २ मलेशिया:-मलेशियाका विभिन्न कम्पनीमा कार्यरत कामदारले सोमबार राति रक्सी पिउदा ४ नेपाली सहित १५ जनाको ज्यान गएको मलेशियन प्रहरीले जनाएको छ।रक्सी पिउदा बिरामी परेका ३३ जना मध्य १९ जना बिरामीको राष्ट्रियता पहिचान भएको छ ।जसमा सबैभन्दा बढी नेपाली रहेका छन्। १५ जना नेपाली, २ जना मलेसियन र २ बंगलादेशी नागरिक बिरामी छन्। बिरामी परेका उनिहरुलाइ सुङ्गई बुलो अस्पताल, ब्यान्टिंग अस्पताल र क्वालालम्पुर अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भैरहेको स्थानीय संचारमाध्यमले जानकारी दिएका छन। यसअघि ज्यान गुमाउने ७ जनामध्ये ४ जना नेपाली थिए। पछिल्लो पटक थपिएकाको बारेमा भने केही खुलाइएको छैन। उनीहरुले तीन वटा रक्सी खाएको पाइएको छ। स्थानीय प्रहरीलाई उद्धृत गर्दै द स्टारले जनाए अनुसार मन्डली ह्विस्की, किङ फिसर बियर र ग्राण्ड रोयल ह्विस्की खाएपछि उनीहरु बिरामी भएका हुन्। घटनाको पूरा बिवरण आउन बाकी रहेको हुदा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ भने यता मलेसिया स्थित नेपाली दूतावासले घटना बारे हाल सम्म कुनै जानकारी दिएको छैन।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...