प्रदेश नम्बर ७ का जिल्लाहरुमा भूकम्पको धक्का |

अन्य

प्रदेश नम्बर ७ का जिल्लाहरुमा भूकम्पको धक्का |
जुन ५  धनगढी:- प्रदेश नम्बर सातका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुश गरिएको छ ।मंगलबार बिहान बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मंगलबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो । भूकम्पबाट क्षती भए नभएको बारे अहिलेसम्म कुनै विवरण नआएको बताइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...