प्यालेस्टिनी बन्दुकधारीले ३ ईजरायली नगरीकको हत्या ।

विदेश

प्यालेस्टिनी बन्दुकधारीले ३ ईजरायली नगरीकको हत्या ।

सेप्टेम्बर २६ जेरुसेलम :- वेष्ट ब्यांकस्थित एक यहुदी बस्तीमा हमला गरि एक प्यालेस्टिनीले तीन इजरेली सुरक्षाकर्मीको हत्या गरिदिएका छन्।प्रहरीका अनुसार हार अदर बस्तीमा काम गर्ने ती हमलाकारीले बस्तीको प्रवेशद्वार नजिक आउँदा शंकास्पद गतिविधि गरे।लगत्तै उसले गोली चलाउँदा तीन जनाको ज्यान गयो।हमलाकारीलाई पछि गोली हानी मारियो।

peles1

इजरेल तथा प्यालेस्टाइनबीच शान्ति वार्ता पुन: थाल्ने उद्देश्यका साथ अमेरिकी दूत जेसन ग्रीनब्लाट जेरुसलेम आइपुगेकै बेला यो घटना भएको छ।एक इजरेली मन्त्रीले कुनै पनि वार्ता शुरु हुनुभन्दा पहिले प्यालेस्टिनी आतंकवादी हमला रोकिनुपर्ने बताए।तर प्यालेस्टिनीहरु चाहिं ती हिंसा इजरेलको व्यवहारका कारण निम्तिएको बताउँछन्।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...